पोखरा, १० जेठ । पोखरा महानगरपालिकाको जारी मतगणना रोकिएको छ । वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न माग गर्दै नेकपा एमालेका प्रतिनिधिहरुले गणनास्थलमा नबस्ने अडान लिएपछि गणना रोकिएको हो । एमालेका प्रतिनिधि बाहिरिएका छन् । एमालेले १८ र ३१ वडामा मत कम भएको भन्दै पुनः मतगणना गर्न बिहानदेखि माग गरिरहेको छ । […]