हत्या घटना अनुसन्धानका क्रममा हिरासतमा रहेकी एक महिलालाई प्रहरीले चरम यातना दिएको खुलेको छ । मिर्चैया–१ को रामपुरविर्ताकी ६२ वर्षीया गुबदीदेवी साह हलुवाईको गत असोज १५ मा भएको हत्या घटना अनुसन्धानका क्रममा उनकै बुहारी ३३ वर्षीया जीवछीदेवीलाई गत शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।