काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हितको प्रवर्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रविन्दुमा राख्नुपर्ने बताउनुभएको छ ।
बिहीवार काठमाण्डाैमा आयोजित आठ दलीय सांसदहरूको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपतिकाे कर्तव्य र जिम्मेवारीको बारेमा प्रष्टताको आवश्यकता रहेको बताउनुभयो । उहाँले संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्ने कुरालाई केन्द्रविन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने बत...