पहाडमा खान नपुगेर चितवन झरेको म दुईपटक प्रधानमन्त्री भएँ : प्रचण्ड
'पहाडमा खान नपुगेर चितवन झरेको एउटा गरिब परिवारकाे बच्चा हाे म । दुईपटक गणतन्त्र नेपालकाे प्रधानमन्त्री भएँ । कसरी याे सम्भव भयाे, सपना हो कि विपना जस्तो लाग्छ', प्रचण्डले भने
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहाडमा आफ्नो परिवार चितवनमा झरेको बताएका छन्। नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै उद्देश्य बनाए सफलता प्राप्त गर्न सकिने बताएका हुन्। उनले भने, ‘म आफ्नो विगत र इतिहासलाई फर्केर हेर्छु म गरिब परिवारमा जन्मेको हुँ। खान लाउन नपाउने भएपछि चितवन सरेको हो। मेरो पढाइ लेखाइ सबै त्यहीँ भयो। एसएलसी गर्दैगर्दा युवाहरू छलफल भयो। त्यहाँ राजनीतिलाई ट्र्याकमा ल्याउन आवश्यक भन्ने