धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले महत्त्वपूर्ण विभागका कार्यक्रमहरु प्राध्यापकबिनै सञ्चालन गर्दा बिरामी उपचार सेवा र आन्तरिक आम्दानीमा असर परेको छ । चिकित्साशास्त्रको स्नातकोत्तर तहभन्दा माथिका स्वास्थ्य शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुभवी र दक्ष प्राध्यापक आवश्यक छ । तर बढुवा प्रक्रिया सात वर्षदेखि रोकिएपछि प्रतिष्ठानका ९ वटा विभागमा हाल ‘प्रोफेसर’ तहका शिक्षक छैनन् ।