काठमाण्डाै – वेस्ट इन्डिजसँगको पहिलो टेस्ट क्रिकेट अस्ट्रेलियाले एक सय ६४ रनले जितेको छ ।
चार सय ९८ रनको लक्ष्य पाएको वेस्ट इन्डिज पाँचौँ दिन खाना समयपछि तीन सय ३३ रन बनाउँदा अलआउट भयो । उसका लागि क्राइग ब्रेथवेटले एक सय १० रन बनाए । यस्तै राेस्टन चेजले ५५, टेगनराइन चन्दरपउलले ४५ र अलजारी जाेसेफले ४३ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका नाथन लायनले ६ विकेट लिए । यस्तै ट्रेभिस हेडले दुई तथा मिचेल स्टार्क र जस हेजलउडले एक/एक विकेट लिए ।
पहिलो पारीमा तीन सय १५ रनको अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो पा...