दाङ : तुलसीपुर उपमहानगरपालिका-१२ का शेषमणि भण्डारीको घर तुलसीपुरमा रहेको एयरपोर्ट नजिकै छ। एयरपोर्ट नजिक घर हुँदा उनलाई अभिशाप भएको छ।२०११ सालमा स्थापना भएको विमानस्थल पटक पटक विकास गर्ने नाममा डिपिआर हुँदा आफूहरूले अहिलेसम्म दुःख पाइरहेको उनले गुनासो गरे।‘एयरपोर्टको स्तरोन्नति गर्ने भन्दै डिपिआर भयो‘, उनले भने, ‘जसले गर्दा हामीले अहिले धेरै समस्या भोग्न बाध्य भएका छौँ। न अहिलेसम्म डिपिआर अनुसार एयरपोर्टको विकास भएको छ। छोरीछोरी पढाउन, औषधि उपचार गर्न २–४ ध