काठमाडौँ– ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुगेको छ। पाटन अस्पतालमा उपचाररत अर्का एक भारतीय मजदुरको मृत्यु भएसँगै मृतकको संख्या दुई पुगेको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए। उनका अनुसार भारत घर भइ हाल ललितपुर महानगरपालिका–१८ बस्ने २५ वर्षीय राजुकमार महतोको उपचारका क्रममा मृत्यु […]