नेपालमा चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले चेरी टिग्गाो ७ प्रो औपचारिक रुपमा लन्च गरेको छ । प्रो सिरिजको १.५ लिटर टर्बो पेट्रोल इन्जिनयुक्त सो एसयूभी थापाथली शोरुममा टेस्ट ड्राइभका लागि उपलब्ध छ । चेरी प्रो फेमिली सिरिजको नयाँ मोडलमा १४७ पीएस पावर र २१० एनएम टर्क भएको इन्जिन रहेको छ । सो इन्जिन ९ स्पिड सीभीटी गियरबक्ससँग जोडिएको छ । यसले गर्दा सुस्त र तीव्र दुवै स्पिडमा लगातार रुपमा उच्च पावर प्रदान गर्छ ।यसको इन्टेरियर निकै नै आकर्षक छ । लेदर सिट सहितको ब्ल्याक–बेज