नवलपरासी । उद्योग परिसरमा प्रदूषण बढेर स्थानीयलाई असर गरेको भन्दै पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी मिलको मूल गेटमा स्थानीयले तालाबन्दी गरेका छन् ।
प्रदूषण नियन्त्रणमा उद्योगले कुनै चासो नदिएको भन्दै आक्रोशित स्थानीयले तालाबन्दी गरेका हुन् । खरानी सहितको कालो धुलोको कारण सास्ती खेप्दै आएका स्थानीयहरूले पटक पटक उद्योगलाई प्रदूषण नियन्त्रण गर्न ध्यानाकर्षण गराए पनि उद्योगले अटेर गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन् ।
उद्योग सञ्चालनका क्रममा इन्धनको रूपमा प्रयोग गरिने भुसबाट कालो धुलोको कणहरू सुनवल क्षेत्रमा फैलने गरेको छ । धुलोले बालीनाली र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको भन्दै मंगलबार दिउसो स्थानीयहरूको एक समूहले उद्योगमा...