गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले वन पैदावारको उपयोग गर्ने खालको प्रदेश वन ऐन निर्माण गरिने बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशद्वारा वन अधिकार सुनिश्चितताको माग गर्दै सङ्कलन गरिएको हस्ताक्षर ब्यानर हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सरोकारवालसँगको छलफलबाट प्रदेश वन ऐनलाई व्यावहारिक र सरल बनाइने बताए । प्रदेशअन्तर्गतका कतिपय जिल्लाका सामुदायिक वनमा रहेका ढलापडा रुख निकासीमा लगाइएको प्रतिबन्धका कारण जङ्गलमै नष्ट हुने गरेको उल्लेख गर्दै उनले प्राकृतिक स्रोतलाई हरित रोजगार सिर्जना तथ...