रुसको चेतावनी : कच्चा तेलको मूल्य प्रतिब्यारेल ३०० डलरसम्म पुग्न सक्छ
रुस र युक्रेनबीचको युद्धले विश्वबजारमा अमेरिकी डलर, सुन र पेट्रोलको भाउ उचाइमा पुगेको छ । रुस-युक्रेन द्वन्द्व लम्बिँदै जाने हो भने आउँदा दिनमा मूल्यवृद्धि थप अकासिने र विश्वअर्थतन्त्र झनै नराम्रो अवस्थामा पुग्न सक्ने विज्ञहरूको चेतावनी छ ।
रुसले पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि हुने चेतावनी दिएको छ । पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्यमा उच्च वृद्धि हुने चेतावनी दिएको हो । साउदी अरबपछि रुस विश्वको सबैभन्दा दोस्रो ठूलो कच्चा तेल उत्पादक हो । रुसले अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल कच्चा तेलको मूल्य तीन सय डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ । एक […]