माओवादीको चुनावी कार्यतालिका : आज उम्मेद्वारको मनोनयन, भोलि मतदान

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको छ । माओवादीको निर्वाचन समितिले बन्द सत्र स्थल प्रज्ञा भवन कमदालीमा एक हजार सात सय ४२ जना मतदाताको नामावली टाँसेको छ । चुनावी कार्यतालिका अनुसार आजै राति आठ देखि १० बजेसम्म उम्मेद्वारको मनोनयनपत्र दर्ता हुनेछ । भोलि बिहान सवा ११ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र साढे ११ बजेदेखि मतदानको कार्यसूची रहेको छ । ११ गते सुरु भएको महाधिवेशन हिजो नै सक्ने कार्यतालिका रहे पनि लम्बिएको छ ।  ...

सम्बन्धित सामग्री

माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडाैँ- आज नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक बस्दैछ। बैठक बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा सुरु हुनेछ। आजको बैठकमा गत आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेकाे प्रतिवेदनमाथि नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्षले दिने कार्यसूची छ। त्यस्तै, आजको बैठकमा पदाधिकारीसहित स्थायी कमिटीको टुंगो लगाउने कार्यतालिका छ। माओवादीको बैठक आइतबारदेखि काठमाडौँमा जारी छ।

सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा निर्वाचन कार्यतालिका फेरबदल

माओवादीको आठौं राष्ट्रिय महाधिवेशन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा निर्वाचन कार्यतालिका फेरबदल गर्दै निर्वाचन रोक्ने प्रयास भएको छ । केन्द्रीय निर्वाचन आयोगले शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै आइतबार मतदान हुने कार्यक्रम सार्वजनिक गरेको थियो । तर, उम्मेदवारी दर्ता गर्ने समयमा फेरि अर्को कार्यतालिका सार्वजनिक गर्दै आयोगले […] The post सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा निर्वाचन कार्यतालिका फेरबदल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माओवादीको निर्वाचन कार्यतालिका स्थगित

न्युज अफ नेपाल, काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम स्थगित भएको छ । केन्द्रीय सदस्यमा सहमति जुटाउनका लागि भन्दै निर्वाचनको कार्यक्रम स्थगित गरिएको नेता रामनारायण बिडारीले जानकारी दिए । उक्त निर्वाचन कार्यक्रम भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको उनले बताए । यसअघि शनिबार राति मनोनयन तथा आइतबारका मतदान गर्ने गरी निर्वाचन […]

यस्तो छ माओवादीको निर्वाचन कार्यतालिका

नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । माओवादीको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार उम्मेदवार मनोनयनको प्रक्रिया साँझ ८ बजेदेखि राति १०ः३० बजेसम्मका लागि तोकिएको छ । उम्मेदवार मनोनयको कार्यक्रम सकिएलगत्तै मनोनयनपछिको सूची सार्वजनिक गरिनेछ । आयोगका अनुसार आइतबार बिहानदेखि उम्मेदवारको विरोधमा उजुरी दिन पाइनेछ । बिहान ८ …

माओवादीको निर्वाचन कार्यतालिका भोलिसम्मका लागि स्थगित

नेकपा (माओवादी केन्द्र) को जारी आठौँ महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि (आइतबार) दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

माओवादीको बन्दसत्र र चुनावी प्रक्रिया भोलिसम्मका लागि स्थगित

पुष १७, काठमाण्डौ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएकामा ती सबै कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता हुँदै मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो । यसबीचमा नेताहरुबीच […]

माओवादीको केन्द्रीय कमिटी छान्न आइतवार निर्वाचन हुने, कार्यतालिका यस्तो छ

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत केन्द्रीय कमिटी सदस्यका चयनका लागि आइतवार बिहानदेखि मतदान हुने भएको छ। निर्वाचन समितिले शनिवार साँझ जारी गरेको कार्यतालिका अनुसार बिहान ११:३० बजेदेखि मतदान सुरु हुनेछ। केही समय अघि सार्वजनिक भएको निर्वाचन कार्यतालिका अनुसार शनिवार (आज) राति ८ बजेदेखि साढे १० बजेसम्म उम्मेद्वारी दर्ताका लागि समय छुट्टाइएको…

यस्तो छ माओवादीको निर्वाचन कार्यक्रम

नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले सार्वजनिक गरेको कार्यक्रम अनुसार आज उम्मेदवारहरुको मनोनयन पत्र दर्ता सूची प्रकाशन गर्ने र भोलि मतदान गर्ने कार्यतालिका रहेको छ ।प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो । अपरान्ह ४ बजेसम्म मतदाता उपर दावी बिरोधको समय, मतदाता नामावलीमा दावी बिरोधको सुचना ४ः१५ बजेसम्म, ४ः५० सम

माओवादीको पार्टी सदस्यता नविकरण म्याद कार्तिक २५ गतेसम्म

काठमाडौं, ४ कार्तिक । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले यही कार्तिक २५ गतेसम्म पार्टी सदस्यता नविकरण गर्नेगरि कार्यतालिका हेरफेर गरेको छ । प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनको मिति भने नसारिएको स्पष्ट पारेका छन् । आज बसेको स्थायी कमिटीको बैठकले विभागको प्रमुखसहित सदस्यहरूको टुंगो लगाएको हो । आज बसेको स्थायी कमिटी बैठकले पार्टीका ३३ विभाग […]