एनआरएनएमा विवाद बढ्दो, घले नेतृत्वको संरक्षक समिति विघटन

काठमाडौं । विवादै विवादको घेरामा परेको गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय समितिले शेष घले नेतृत्वको संरक्षक समिति र एनआरएनए उच्चस्तरीय समिति विघटन गरेको छ । एनआरएनएको ८२ औं बैठकले समिति विघटन गर्ने निर्णय गर्दै केन्द्रलाई सदस्यता शुल्क नबुझाउने अन्तर्राष्ट्रिय समन्वय परिषदमध्ये पाँच देशका राष्ट्रिय समिति पनि भंग गरी पुनर्गठन गर्ने निर्णय गरेको छ । […]

सम्बन्धित सामग्री

रेडक्रस सुनसरीमा विवाद

२०७८ भदौ २३ मा नेपाल रेडक्रस सोसाइटी, सुनसरी जिल्लासहितका शाखाहरू विघटन गरी तदर्थ समिति गठन गरेकोविरुद्ध उच्च अदालत विराटनगरमा परेको रिट निवेदन खारेज भएसँगै पुनः नयाँ विवाद देखा परेको छ।...

खानेपानीमा राजनीति : समिति विघटन, कार्यालयको ताला फोडियो

पाल्पा : तानसेन खानेपानी उपभोक्ता समितिमा लफडा भएको छ।तानसेन नगरपालिकाले हस्तक्षेप गरेपछि विवाद भएको हो। निर्वाचनको तयारीमा जुटिरहेको पुरानो समितिलाई एकाएक नगरपालिकाले विघटन गरेपछि विवाद चरम उत्कर्षमा पुगेको छ। अवैधानिका काम गर्न थालेको भन्दै नगरपालिकाले डाक्टर पुरनामान बज्राचार्य कार्यवाहक अध्यक्ष रहेको समिति विघटन गरेको छ।बज्राचार्यको नेतृत्वमा रहेको समितिले संस्थाको विधान आफू अनुकूल संशोधन गरेर निर्वाचन गराउन लागेको नगरपालिकाले आरोप लगाएको छ। यता नगरपालिकालाई नै निर्वाचनमार्फत नयाँ नेतृत्व चय

कोशीटप्पु आरक्षमा विवाद : बजेट कार्यान्वयन प्रभावित

विराटनगर  । कोशीटप्पु वन्यजन्तु आरक्षका निमित्त संरक्षण अधिकृत (वार्डेन) रमेशकुमार यादवले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष राजकुमार सिंहलाई समितिको बैठकमा दुव्र्यवहार गरेपछि संरक्षणका काम प्रभावित भएका छन् । गलत नियतले बैठक बोलाइएको र वार्डेनले दुव्र्यवहार गरेको भन्दै सिंहले राजीनामा दिएका थिए । सिंहले राजीनामा दिएपछि वार्डेनले जंगबहादुर खड्काको नेतृत्वमा नयाँ समिति बनाएका छन्, जब कि अध्यक्षको राजीनामा कसले स्वीकृत गर्ने भन्ने मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ मा स्पष्ट उल्लेख गरिएको छैन । नियमावलीमा अध्यक्ष लगायतका पदाधिकारी चुन्ने प्रावधान मात्र छ । निमित्त संरक्षण अधिकृत यादवले आफूले दुव्र्यवहार नगरेको र सिंहलाई हटाउने नियत नराखिएको जिकीर गरेका छन् । तर बैठकमा उपस्थित अन्य सदस्यहरूले भने वार्डेनले सिंहलाई दुव्र्यवहार गरेको बताएका छन् । कोशीटप्पु वन्यजन्तु आरक्ष संरक्षणका लागि वार्षिक करोडौं रुपैयाँ बजेट आउने गरेको छ, जुन आरक्षले बजेट उपभोक्ता समिति र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिसँगको समन्वयमा खर्च गर्नुपर्ने हुन्छ । कतिपय बजेट आरक्षले प्रक्रिया पुर्‍याएर आफै खर्च गर्छ । मध्यवर्ती क्षेत्रभित्र पर्ने जंगल, ढलापडा, चौरचरण, खरखडाइ, दहत्तर बहत्तर आदिबाट हुने आम्दानीमा संरक्षण अधिकृतको बढी चासो हुने गरेको छ । उपभोक्ता समितिसँग मिलेर संरक्षण अधिकृतले कमाइको माध्यम बनाउने गरेको समितिका एक सदस्यले बताए ।  मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ को दफा १४ को नियम २ को उपनियम १ ले संरक्षण अधिकृतलाई उपभोक्ता समिति विघटन गर्न सक्ने अधिकार दिएको छ । त्यसरी विघटन गर्दा उपभोक्ता समितिलाई १५ दिनको म्यादसहित स्पष्टीकरण सोध्नुपर्ने उल्लेख छ । तर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति भँग गर्ने वा कसैलाई कारबाही गर्नेबारे नियमावलीमा स्पष्ट उल्लेख छैन ।

तेक्वान्दो र बडी बिल्डिङपछि चेस संघ पनि विघटन, गौतमको अध्यक्षतामा तदर्थ समिति

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्ले नेपाल बुद्धिचाल (चेस) संघ पनि विघटन गरेको छ। केही महिनाअघि संघमा निर्वाचित कार्यसमिति आए पनि विरोध र विवाद देखिएको थियो। निर्वाचनमा धाँधली भएको भन्दै एउटा पक्षले अस्वीकार गरेपछि राखेपले विघटन गरेर तदर्थ समिति बनाएको हो। तदर्थ समितिको अध्यक्षमा विदुरप्रसाद गौतम रहेका छन्। समिति २१ सदस्यीय रहेको छ। यसअघि राखेपले विवाद देखिएको […]

नयाँ स्टक एक्सचेन्जमा विवाद

चुनाव खर्च उठाउन हतारहतार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खोलेको तथा नयाँ ब्रोकरको लाइसेन्स खोलेको आरोपमा अर्थ समिति प्रवेश गरेको छ । ४ मंसिरमा निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा प्रतिनिधिसभाको समय शनिबार रातिदेखि विघटन भएको भए पनि अर्थ समितिले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) र धितोपत्र बजार (स्टक एक्सचेञ्ज) को नियमावली संशोधनको विषयमा ७ दिनभित्र विस्तृत […]

नयाँ स्टक एक्सचेन्ज विवाद

चुनाव खर्च उठाउन हतारहतार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खोलेको तथा नयाँ ब्रोकरको लाइसेन्स खोलेको आरोपमा अर्थ समिति प्रवेश गरेको छ। ४ मंसिरमा निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा प्रतिनिधिसभाको समय शनिवार रातिदेखि विघटन भएको भए पनि अर्थ समितिले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) र धितोपत्र बजार (स्टक एक्सचेञ्ज) को नियमावली संशोधनको विषयमा ७ दिनभित्र विस्तृत विवरण पठाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा तत्काल समितिको बैठक बसेर छलफल गर्न सम्भव नभए पनि आवश

नयाँ स्टक एक्सचेन्जमा विवाद

काठमाडौं । चुनाव खर्च उठाउन हतारहतार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खोलेको तथा नयाँ ब्रोकरको लाइसेन्स खोलेको आरोपमा अर्थ समिति प्रवेश गरेको छ । ४ मसिंरमा निर्वाचनको मिति घोषणा भइसकेको सर्न्दभमा प्रतिनिधि सभाको समय शनिबार रातिदेखि विघटन भएको भएपनि अर्थ समितिले धितोपत्र दलाल व्यवसायी र घितोपत्र बजारको नियमावली संशोधनको विषयमा ७ दिनभित्र विस्तृत विवरण पठाउन अर्थ […]

पार्टीको विवाद मिलाउन नसकेपछि ओलीले संसदलाई दाउ लगाए : पौडेल

तिलक थापा, बागलुङ । ‘विघटित प्रतिनिधिसभाको पुनर्स्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नाराका साथ बुर्तिबाङमा राष्ट्रिय जनमोर्चाको विरोधसभा सम्पन्न भएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष तथा प्रमुख अतिथि दुर्गा पौडेलले सम्बोधन गर्दै जनताबाट झण्डै दुई तिहाई बहुमतको समर्थन पाएको सरकारले संसद् विघटन गर्नु प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदम भएको बताउनु भएको छ । पार्टीको आन्तरिक कलहलाई मिलाउन नसकी आफ्नो पद र कुर्सी जोगाउन जनताको भावनामाथि खेलवाड गरिएको भन्दै उहाँले संसद्लाई दाउ बनाएर कानुन विपरीत संसद् भंग गर्नु असंवैधानिक कदम भएकाले यसको विरोध गर्न र संसद् पुनर्स्थापनाका लागि आम नेपाली जनता संघर्षमा होमिनुपर्ने बेला आएको बताउनु भयो । कार्यक्रममा विशेष अतिथि राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य तथा प्रदेश मामिला सभापति एवं गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापा, अतिथिहरु राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य तथा गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीले मन्तव्य राख्नु भएको थियो । राष्ट्रिय जनमोर्चाको देशव्यापी विरोध कार्यक्रमको सिलसिलमा आयोजित उक्त विरोध सभामा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापा, उपाध्यक्ष धर्म बहादुर कुँवर, सल्लाहकार गौरीश्वर पाण्डे, बेदीलाल सापकोटा, राष्ट्रिय जनमोर्चाका जिल्ला समितिका सदस्यहरु, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि तथा सदस्यहरु, पार्टी कार्यकर्ता, पत्रकार, शुभचिन्तक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङका सदस्य एवं ढोरपाटन नगर कमिटीका अध्यक्ष दिपक थापाको अध्यक्षता, अखिल नेपाल शिक्षक संघ बागलुङका उपाध्यक्ष दुर्गा बहादुर भण्डारीको स्वागत मन्तव्य र अखिल नेपाल युवक संघ बागलुङका जिल्ला सदस्य युवराज महतको संचालनमा सम्पन्न भएको थियो ।