कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकाे अग्रता कायमै, एमाले २ सय ६५ मतले पछाडि

कास्की – कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे अग्रता कायमै छ । अहिलेसम्म दुई हजार ९८ मतगणना हुँदा रास्वपाका उम्मेदवार माधवप्रसाद कँडेलले सात सय ४६ मत प्राप्त गर्नुभएकाे छ ।  कँडेललाई नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले पछ्याइरहनु भएकाे छ । भट्टराईले चार सय ८१ मत प्राप्त गर्नुभएकाे छ । नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले तीन सय ४६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार सुवर्णराज पन्तले तीन सय १६ मत प्राप्त गर्नुभएकाे छ । 

सम्बन्धित सामग्री

कास्की–२ मा एमालेकी भट्टराई अगाडि

कास्की क्षेत्र नं २ मा नेकपा (एमाले) की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पार्नुभएको छ । जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेलले सुरुआती अग्रता लिनुभएको थियो । पछिल्लो मतपरिणाम अनुसार एमालेकी भट्टराई ५ हजार ५ सय ८९ मत प्राप्त गर्दै अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई रास्वपाका कँडेलले ५ …

कास्की–२ मा एमालेकी भट्टराई अगाडि

कास्की। कास्की क्षेत्र नं २ मा नेकपा (एमाले) की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पारेकी छन्। जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेलले सुरुआती अग्रता लिएका थिए । पछिल्लो मतपरिणामअनुसार एमालेकी भट्टराई चार हजार आठ सय ५१ मत प्राप्त गर्दै अग्रस्थानमा छन् । उनलाई रास्वपाका कँडेलले चार हजार […]