तस्बिरमा बालाजु औद्योगिक क्षेत्र नजिकै भएको आगलागी

बालाजु औद्योगिक क्षेत्र नजिकै भएको आगलागी नियन्त्रणको प्रयास जारी छ। बाइसधारा अगाडि गणेशस्थान मन्दिर छेउमा रहेको वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ। तस्बिरहरु :  ...

सम्बन्धित सामग्री

सामाखुसीको आगलागी एक घन्टामा नियन्त्रणमा, चार दमकलको प्रयोग

काठमाडौंः काठमाडौंको सामाखुसीमा भएको आगलागी नियन्त्रणमा आएको छ। सामाखुसी चोकबाट टोखा जाने सडकखण्डमा रहेको आकाश जोगिनी पेट्रोल पम्पसँगै रहेको टहराहरुमा आगलागी हो। साँझ ८ बजे आगलागी भएको हो। आगलागी नियन्त्रणका लागि बालाजु औद्योगिक क्षेत्र, बूढानीलकण्ठ नगरपालिका र नेपाल प्रहरीका गरी ४ वटा दमकल र ५ वटा पानी ट्याङ्करसमेत प्रयोग गरिएको थियो।…

बालाजु औद्योगिक क्षेत्रको एक उद्योगमा आगलागी

बालाजु औद्योगिक क्षेत्रको एक उद्योगमा आगलागी भएको छ। बाइसधारा छेउबाट धुवाँको मुस्लो देखिएको छ। अहिले प्रहरी घटनास्थलतर्फ गएको छ।...

आगोको लप्कामा दन्किएको ४४ दिनमै उठ्यो नेबिको, थाल्यो उत्पादन

आगलागीका कारण उद्योग जलेपछि बन्द भएको नेबिको बिस्कुटले पुनः उत्पादन सुरु गरेको छ । साउन २३ गते आगलागी हुँदा कच्चा पदार्थ, मेशिन लगायतका सामान जलेर बन्द भएको उद्योग मंगलबारबाट पुनः सञ्चालनमा आएको हो । उद्योग बन्द भएको ४४ दिनभित्रै सञ्चालनमा आएको छ । कार्यकारी निर्देशक राजेश रौनियारले व्यवस्थापन पक्षले निकै डटेर काम गरेको परिणाम स्वरुप उद्योग ४४ दिनमै सञ्चालनमा आएको हो । नेपाल चिनाउने ब्राण्ड पनि भएकाले लामो समय बन्द गर्नु हुँदैन भन्ने अभियानले आज सार्थकता पाएको उनको भनाई छ  । बालाजु औद्योगिक क्षेत्र भित्रको उद्योग बन्द भएपछि दैनिक १६ घण्टा मात्रै चल्दै आएको भैरहवाको उद्योगबाट २४ सै घण्टा उत्पादन गरेर बजारमा नेबिको बिस्कुट आईरहेको छ भन्ने सन्देश दिने काम पनि उद्योगले यो बीचमा गरेको थियो । यसअघिःनेबिको बिस्कुटः ११ घन्टा दन्किएको आगोले ६ दशकको ब्राण्ड जोखिममाकार्यकारी अधिकृत केशव भट्टराईका अनुसार २० देखि २२ करोडको क्षति भएको अनुमान उद्योगको छ । कच्चापदार्थ मात्रै १२ करोडको क्षति भएको र १० करोडको मेशिनरी तथा भौतिक क्षति भएको अनुमान गरिएको उनको भनाई छ । अहिले क्षतिको भ्यालुयसनको काम भईरहेको छ । बालाजुको उद्योग आजबाट सञ्चालनमा आएपनि तत्काल पूर्ण क्षमतामा भने सञ्चालन भने हुन सकेको छैन । अहिले कुल क्षमताको ८० प्रतिशत मात्रै उत्पादन थालिएको छ ।उद्योगले वार्षिक १ अर्ब २० करोडको कारोबार गर्दै आएको छ ।