आगोको लप्कामा दन्किएको ४४ दिनमै उठ्यो नेबिको, थाल्यो उत्पादन

आगलागीका कारण उद्योग जलेपछि बन्द भएको नेबिको बिस्कुटले पुनः उत्पादन सुरु गरेको छ । साउन २३ गते आगलागी हुँदा कच्चा पदार्थ, मेशिन लगायतका सामान जलेर बन्द भएको उद्योग मंगलबारबाट पुनः सञ्चालनमा आएको हो । उद्योग बन्द भएको ४४ दिनभित्रै सञ्चालनमा आएको छ । कार्यकारी निर्देशक राजेश रौनियारले व्यवस्थापन पक्षले निकै डटेर काम गरेको परिणाम स्वरुप उद्योग ४४ दिनमै सञ्चालनमा आएको हो । नेपाल चिनाउने ब्राण्ड पनि भएकाले लामो समय बन्द गर्नु हुँदैन भन्ने अभियानले आज सार्थकता पाएको उनको भनाई छ  । बालाजु औद्योगिक क्षेत्र भित्रको उद्योग बन्द भएपछि दैनिक १६ घण्टा मात्रै चल्दै आएको भैरहवाको उद्योगबाट २४ सै घण्टा उत्पादन गरेर बजारमा नेबिको बिस्कुट आईरहेको छ भन्ने सन्देश दिने काम पनि उद्योगले यो बीचमा गरेको थियो । यसअघिःनेबिको बिस्कुटः ११ घन्टा दन्किएको आगोले ६ दशकको ब्राण्ड जोखिममाकार्यकारी अधिकृत केशव भट्टराईका अनुसार २० देखि २२ करोडको क्षति भएको अनुमान उद्योगको छ । कच्चापदार्थ मात्रै १२ करोडको क्षति भएको र १० करोडको मेशिनरी तथा भौतिक क्षति भएको अनुमान गरिएको उनको भनाई छ । अहिले क्षतिको भ्यालुयसनको काम भईरहेको छ । बालाजुको उद्योग आजबाट सञ्चालनमा आएपनि तत्काल पूर्ण क्षमतामा भने सञ्चालन भने हुन सकेको छैन । अहिले कुल क्षमताको ८० प्रतिशत मात्रै उत्पादन थालिएको छ ।उद्योगले वार्षिक १ अर्ब २० करोडको कारोबार गर्दै आएको छ ।

सम्बन्धित सामग्री

पाकिस्तानी अभिनेतासँग अफेयरमा छिन् अमिषा पटेल ?

अभिनेत्री अमिषा पटेल र पाकिस्तानी अभिनेता इमरान अब्बासको अफेयरको खबर बाहिर आएको छ । वास्तवमा अमिषा र अब्बासको हालै बहराइनमा एक कार्यक्रममा भेट भएको थियो । यस क्रममा दुवैले एउटा फनी भिडियो खिचेर इन्स्टाग्राममा सेयर गरे, त्यसपछि उनीहरुको अफेयरको हल्ला चल्न थाल्यो । तर अहिले अमिषाले यसबारे प्रतिक्रिया दिँदै यो भिडियोबारे प्रतिक्रिया दिएकी छिन् ।अमिषाले यसलाई मूर्खतापूर्ण बताइन्अमिषाले भनिन्, ‘मैले पनि यी रिपोर्ट पढेको छु र मलाई असाध्यै हाँसो उठ्यो । यो कुरा निकै क्रेजी र मूर्खतापूर्ण छ । मैले

देखापढी विजिनेश न्यूज

योगदानका आधारमा सामाजिक सुरक्षा कोषले सापटी दिने योजना ल्याएको छ। सहकारी विभागले घरजग्गामा कर्जा लगानी नगर्न सहकारीहरुलाई निर्देशन दिएको छ। अपर सोलु, श्वेतगंगा र मन्दाकिनी हाइड्रोको सेयर बुधबारदेखि दोस्रो बजारमा कारोबार हुन थाल्यो। चालु आर्थिक वर्षको साउनमा साढे ८३ अर्ब संकलन गर्ने लक्ष्य राखिएकामा १४ अर्ब कम राजस्व उठ्यो। निर्वाचन सामग्री छाप्न इच्छुक निजी छापाखानाले निर्वाचन आयोगमा कोटेशन दिन सक्नेछन्।

मन्त्रीको गाउँ भ्रमण र मलको निकास

गाउँमा खेती गर्न अल्छी मानेर सहर पसेका मान्छे मन्त्री भए । मन्त्री भएपछि गाउँपाखा र खेतबारी सम्झन परेन । चुनाव आएपछि झल्याँस्स गाउँको याद आयो । अनि अगुवा र पछुवाको ताँतीसहित उनी गाउँ पुगे । गाउँमा खेतबारी बाँझै देखेर उनलाई रिस उठ्यो । गाउँभरिको अल्छी मान्छे मन्त्री भएर आउँदा सहर जान नपाएका अरु अल्छीलाई बेस्कन मज्जा लाग्यो । मन्त्रीको स्वागत गर्न उनीहरु अल्छी मानि मानि लाइन लागे । तर मन्त्री भै खाएको अल्छी गाउँका अल्छीसित जङ्गिन पो थाल्यो । ए काका, यतिका जग्गा किन बाँझो राखेको हँ ? धान रोप्नु, मकै लगाउनु, तरकारी र ...

न्यायपालिका सुधारको सुखद वर्ष

कहीँ कतैबाट न्याय पाइएन भने न्यायका लागि अन्तिम थलो हो, सर्वोच्च अदालत । समग्र न्यायपालिकाको केन्द्रसमेत रहेको सर्वोच्च अदालत पछिल्ला समय ज्यादै चर्चा र विवादमा पर्न थाल्यो । न्यायपालिका सुधार र शुद्धीकरणका सम्बन्धमा भने यो साल सम्झनलायक बन्यो ।पछिल्लो समय न्यायपालिका नै भ्रष्टाचारको केन्द्र बनेको र त्यसमा न्यायाधीशहरु नै संलग्न रहेको विषय पनि उठ्यो । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा ‘न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, भ्रष्टाचार एव

गाडधन

कतै सहनाइ बजेजस्तो तिखो स्वर सुनियो । एक्कासी आएको चर्को स्वरले सबै कुरा बिथोल्यो । त्यति नै बेला महन्थले खैनीको धुलो उडायो र हाच्छिउँ गर्‍यो । झलनाथ खोक्न थाल्यो । खै किन हो, निकै अगाडिदेखि चुपचाप बसेको बाबुराम ‘तेरो बाघचाल तैँ खेल’ भन्दै खड्गप्रसादको अनुहारमा बाख्रा फ्याकेर उठ्यो

गाडधन

कतै सहनाइ बजेजस्तो तिखो स्वर सुनियो । एक्कासी आएको चर्को स्वरले सबै कुरा बिथोल्यो । त्यति नै बेला महन्थले खैनीको धुलो उडायो र हाच्छिउँ गर्‍यो । झलनाथ खोक्न थाल्यो । खै किन हो, निकै अगाडिदेखि चुपचाप बसेको बाबुराम ‘तेरो बाघचाल तैँ खेल’ भन्दै खड्गप्रसादको अनुहारमा बाख्रा फ्याकेर उठ्यो

मिस्टेरियस जिन्दगी!

फेरि सोचेँ जिन्दगीलाई। साँच्चै! अचम्मको हुने रहेछ जिन्दगी। मनमनै हाँसो उठ्यो। अघिसम्म रुन्चे अनुहार पनि नबनाएको त्यो बच्चा, आफ्नी आमालाई देखेपछि ठूलै चोटपटक लागेको झैं गर्दै किन रुन थाल्यो?

कोरोनाले सिकाएको पाठ : कृषिमा क्रान्ति र योग्य नेतृत्व छनोट गरौँ

एकाबिहानै उठ्यो । एउटा हातले टिभीको रिमोट समायो । अर्को हातले मोबाइल समायो । अनि समाचार हेर्न थाल्यो । खबर सबैजसो कोरोनासँगै जोडिएका हुन्छन् । हिजोआज त्यति राम्रा खबरहरु सुन्न पाइएको छैन । समाचार आउँछन् - यति जनालाई कोरोना सङ्क्रमण भयो, कति मरे अनि केही निको भए, क्वरेण्टीनमा यति बसेका छन्, कसैले आत्महत्या गरे, मजदुरको...

आत्महत्या

‘साला सबले हेपे मलाई। निकम्मा भने। म उनीहरुलाई देखाईदिन्छु,’ ऊ आफ्नो वरीपरीका सबै सँग मुर्मुरिदै सुत्न गयो। उसले सम्झिन थाल्यो उसका दैनिक घटनाहरू, ब्रेकअप, पढाईमा असफलता, घरमा होस या बाहिर सबको भनाई सुन्नुपर्ने आदि। अनी जुरुक्क उठ्यो। कोठाको वरीपरी केही खोज्न थाल्यो। ‘डोरी’ खाट मुनी राखेको डोरी सम्झ्यो। ‘मरिदिन्छु टन्टै साफ। अरूलाई पनि आनन्द आफूलाई…