अधिवेशन ढिलाइ, बजेट प्रभावित

सरकारले व्यवस्थापिका संसद्को वर्षे अधिवेशन बस्ने तिथि अझै तोक्न सकेको छैन । प्रमुख राजनीतिक दलहरूबीच सहमति बन्न नसक्दा अधिवेशनको तिथि तोकिन नसकेको हो । वर्षे अधिवेशन मूलतः बजेट अधिवेशन हो । समयमा अधिवेशन बोलाउन नसक्दा मुलुकको वार्षिक बजेटसमेत प्रभावित हुने भएको छ । विगतका तीन वर्षबाट लगातनर बजेट प्रस्तुतिको ढिलाइले मुलुकको विकास निर्माण र आर्थिक क्रियाकलापमा गम्भीर नकारात्मक असर पर्दै आएको छ । यसले बजेटमा विनियोजित रकम समयमा खर्च हुन नसक्नु र रकमान्तर गर्दै मन्त्रीका खुसीमन बजेट खर्चने प्रवृत्ति बढाएको छ । मुलुकको योजनाबद्ध विकनसमा यो प्रवृत्तिले प्रत्यक्ष अवरोध पुर्‍याएको छ ।  एनेकपा माओवनदीसँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयनको खिचलोले देशलाई पूर्ण बन्दी बनाएको छ । राजनीतिक निर्णयहरूमा भएको यो ढिलाइले मुलुकको आर्थिक क्षेत्र तीव्र रूपले प्रभावित बन्दै गएको छ । सरकारको अस्थिरताले कर्मचारीतन्त्रमा अनुशासनहीनता बढिरहेको छ । प्रधानमन्त्रीको राजीनामा आउने पक्कापक्की नै भइसकेकाले बहुमतको सरकार पनि काम चलाउमा परिणत भएको छ । नयाँ सरकार बन्ने र नयाँ अर्थमन्त्री आउने सम्भावनाले बजेट निर्माणको कामलाई समेत प्रभावित बनाएको छ । यद्यपि अर्थ मन्त्रालयले बजेट बनाउन सुरु गरिसकेको छ । सत्तारूढ र प्रतिपक्षी माओवादीबीच केही दिनभित्रै सहमति बन्न नसके अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा अर्थ मन्त्रालय रहेको बुझिन्छ । तर सरकारको नीति तथा कार्यक्रम भने अध्यादेशमार्फत ल्याउने कुने पनि प्रावधान छैन । वर्ष ५, अंक ४३, २०६७, असार १४–२० 

सम्बन्धित सामग्री

बजेट अधिवेशन अन्त्य

प्रदेश नं १ प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश सरकारको सिफारिसमा सोमबार राति १२ बजेदेखि प्रदेशसभाको आठौँ  तथा चालु बजेट अधिवेशन अन्त्य गरेका हुन्।     नेपालको संविधानको धारा १८३ को उपधारा (२) अनुसार उनले अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशन गत जेठ २४ गतेदेखि सुरु भएको थियो  ।

कोभिडका कारण बजेट अधिवेशन हुन सकेन

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले बजेट अधिवेशन गर्न सकेको छैन । पालिकामा कोभिड सङ्क्रमण बढ्दै गएपछि अधिवेशन हुननसकेको हो । स्थानीय तहहरुले असार १० गतेभित्र बजेट अधिवेशन

कर्णालीमा २४ जेठलाई बोलाइयो बजेट अधिवेशन

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन २४ जेठमा आह्वान गरिएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा कर्णाली प्रदेशसभाको बजेट अधिवेशन २४ जेठमा कर्णाली प्रदेशका प्रमुख गोविन्द्रप्रसाद कलौनीले आह्वान गरेका हुन्

प्रदेश-१ को बजेट अधिवेशन आह्वान

काठमाण्डाै - प्रदेश-१ को आठौं तथा बजेट अधिवेशन आउँदो सोमवारका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले जेठ २४ गते सोमवार दिउँसो २ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश सरकार मन्त्रिपरिषद्को हिजो बैठकले गरेको अधिवेशन आह्वानको सिफारिस अनुसार प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश-१ सरकार अध्यादेशमार्फत ऐन संशोधन गरेर बजेट आउनुभन्दा १५ दिन अगावै पूर्वबजेट छलफल गर्नुपर्ने व्यवस्थालाई अवधि घटाएर ५ दिन अगावै बनाइएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला ...

सुदूरपश्चिमको बजेट अधिवेशन जेठ २१ गतेदेखि

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन जेठ २१ गते आव्हान गरिएको छ ।प्रदेश सरकारको बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले आउँदो शुक्रबार दिउँसो ३ बजेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बजेट अधिवेशन आव्हानका लागि निर्णय गरी प्रदेश प्रमुखलाई सिफारिस गरिएको बताइन् ।सुदूरपश्चिम प्रदेश सभा नियमावलीमा बजेट […]

बजेट अधिवेशन बोलाउन एमालेको माग

नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलले कर्णाली प्रदेश सरकारलाई बजेट अधिवेशन बोलाउन माग गरेको छ । एमाले संसदीय दलले आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट अधिवेशन बोलाउन माग गरेको हो...

प्रदेश १ मा बजेट अधिवेशन तत्काल बोलाउन विपक्षीको माग

विराटनगर : संसदको बजेट अधिवेशन तत्काल बोलाउन माग गर्दै प्रदेश १ का विपक्षी दलहरुले आइतबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई भेटेका छन्।प्रदेश सरकारले संसद् छलेर अध्यादेशमार्फत बजेट ल्याउने आशंका गर्दै विपक्षी दलले प्रदेश प्रमुखलाई भेटेर अधिवेशन आह्वानको पहल गर्न आग्रह गरेका हुन्।असार १ मा प्रदेशले बजेट ल्याउने संवैधानिक व्यवस्था भए पनि यसपटक प्रि बजेट छलफलको म्याद गुज्रिसकेको छ। मुख्यमन्त्री शेरधन राईले संसद् छलेर बजेट ल्याउने सरकारको कुनै योजना नरहेको बताउँदै आए पनि अहिलेसम्म बजेट अधिवेशन

बजेट अधिवेशन अझै अन्योलमा

संवैधानिक व्यवस्थाअनुसार संघीय बजेट जेठ १५ मा संसद्बाट घोषणा हुन ९ दिन बाँकी रहँदासमेत सरकारले प्रक्रिया नै अघि बढाएको छैन । बजेट घोषणाअघि संसद्मा नीति तथा कार्यक्रम, प्रिबजेट छलफल हुनुपर्नेमा बजेट अधिवेशन आह्वान नहुँदा संवैधानिक प्रक्रिया अवरुद्ध बनेको छ । यस बेला संसद्मा बजेट अधिवेशन चलिरहनुपर्ने थियो । तर, अल्पमतको सरकार भएकाले आप्mना वार्षिक कार्यक्रम पास नहुने डरले अधिवेशन डाक्न चासो नदेखाउँदा आगामी बजेट प्रक्रिया अन्योलमा परेको हो । बजेट अधिवेशन नबोलाइएपछि विभिन्न संशय उत्पन्न भइरहेका बेला संसदीय प्रक्रिया ...

सरकारले अझै बोलाएन बजेट अधिवेशन

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन अब एक महिना पनि बाँकी छैन । तर, बजेटबारे छलफल हुने अधिवेशनको भने टुंगो छैन । पछिल्लो तरल राजनीतिका कारण अधिबेशनमा सरकारले जोड दिएको छैन ।यद्यपि,अर्थ मन्त्रालयका अधिकारी भने अधिवेशन गर्न अझै ढिला नभइसकको बताउँछन् । अर्थकै एक अधिकारी गत वर्ष बैशाख २६ देखि बजेट अधिवेशन भएको आधारमा पनि बजेट अधिवेशन आह्वान गर्न ढिला भइनसकेको बताउँछन् । सरकारले बजेट पेश गर्नुपूर्व वार्षिक नीति तथा कार्यक्रम पेश गर्छ । यस आधारमा पनि बजेट अधिवेशन समयमै हुँदा यस विषयमा पर

संसद् छल्दै सरकार : अब बजेट अधिवेशन कहिले ?

गत वैशाख ६ गते अचानक प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउने कुनै सुरसार गरेको छैन । आगामी जेठ १५ मा नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने सरकारलाई संवैधानिक बाध्यता छ । त्यसअघि नै बजेट अधिवेशन बोलाइसक्नु पर्छ ।बजेट ल्याउनुपूर्व प्रतिनिधि सभामा बजेटमा समेटिने नीति तथा कार्यक्रममाथि छलफल हुने गर्छ । वैशाख महिनामा हुने गरेको यस्तो छलफल यो वर्ष भने हुने नहुनेमा अन्योल देखिएको छ । प्रतिनिधि सभालाई ‘दुस्मनी’ व्यवहार गरेको सरकारले यो वर्षको वर्षे अधिवेशन