यो निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ होः प्रचण्ड
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ भएको बताएका छन्। सोमबार एक अपिल जारी गर्दै प्रचण्डले यस निर्वाचनलाई अग्रगमन र प्रतिगमनबीचको लडाइँको रुपमा अथ्र्याएको बताएका हुन्।
उनले आगामी निर्वाचन देशलाई पछाडि धकेल्ने वा अगाडि लैजाने भन्ने विषयको जनमतसंग्रह जस्तो रहेको विचार राखे। उनले यो पटक अग्रगमन र प्रतिगमन के रोज्ने भनेर आफ्नो मत जाहेर गर्न मतदातालाई अनुरोध गरे।...
सल्यान। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले मङसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धनको अत्याधिक बहुमत आउने र अवको सरकार गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । अर्को गठबन्धन सँग कुनै एजेन्डा नभएकाले अहिलेको निर्वाचन अग्रगमन र प्रतिगमन विचको लडाई भएको बताउनु भयो । चुनावी सभालाई सम्बोधन गर्न जुम्ला जान लाग्नु […]
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को चुनाव सामान्य नभएको बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ७ मा आज आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् । चुनावका लागि अग्रगमन शक्ति र प्रतिगमन शक्तिका बेग्लाबेग्लै गठबन्धन बनेकाले निर्वाचन सामान्य नभएको उनको भनाई छ ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचन सामान्य निर्वाचन मात्र नभई न्याय र अन्याय, अग्रगमन र प्रतिगमन बीचको लडाइँ भएको बताउनुभएको छ। बिहीबार सिराहामा आयोजित सहिद रामप्रताप साह प्रवेशद्वार तथा नगर अस्पताल भवन शिलान्यास कार्यक्रममा उहाँले देशमा संविधान र गणतन्त्र उल्ट्याउन दक्षिणपन्थी र हिजोका राजावादीबीच साँठगाँठ बढेको पनि बताउनुभयो।