काठमाडौं । नेपालको यू–१९ टोली ८ वर्षपछि विश्वकपमा पुगेको छ । निर्णायक खेलमा नेपालका दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि यूएईको यू–१९ टोलीलाई ७ रनले हराउँदै विश्वकपमा छनोट भएको हो । १९२ रनको लक्ष्य पछ्याएको यूएई १८४ रनमा समेटियो ।
जितसँगै नेपाल सन् २०१६ यता पहिलो पटक विश्वकपमा छनोट भएको हो ।
यू–१९ टोली छनोट हुँदा सिनियर टोलीको भने विश्वकपमा पुग्ने सम्भावना कम भएको छ । युएईसँग ६९ रनले पराजित भएपछि उसको विश्वकपको यात्रा कठिन भएको हो ।
उसलाई विश्वकपमा छानिनका लागि बाँकी ६ ओटै खेल जित्नुपर्ने हुन्छ । नेपालले अब पपुवा न्युगिनी र यूएईसँग ३–३ खेल खेल्न बाँकी छ ।