काठमाण्डाै – चुनावमा हरेक राजनीतिक दलका मुख्य दुई प्रचारकलाई मात्रै हेलिकप्टर प्रयोग गर्न दिने निर्वाचन आयोगले जनाएको छ ।आज साेमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रस्तावित आचारसंहितामा गाडी प्रयोग गर्दा अपनाउनुपर्ने आचरणअन्तर्गत कसले हेलिकप्टर प्रयोग गर्न पाउने र कसले नपाउने भन्ने उल्लेख गरिएकाे छ ।आचारसंहितामा राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका म...