२७ वाणिज्य बैंकका कर्मचारीले बुझे ४२ अर्बभन्दा बढी तलब भत्ता, ७ बैंकको कर्मचारीका लागि २ अर्बभन्दा बढी खर्च

वैशाख ११, काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ९ महीनाको अवधिमा २७ वाणिज्य बैंकका कर्मचारीले तलब र बोनस बापत ४२ अर्बभन्दा बढी लिएका छन् । बैंकहरूको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार २७ वाणिज्य बैंकका कर्मचारीले बोनस बापत ८ अर्ब २ करोड र तलब बापत ३४ अर्ब ४९ करोड रुपैयाँ आर्जन गरेका हुन् ।  उक्त अवधिमा सबैभन्दा बढी एनआईसी एशिया बैंकले बोनस र तलबभत्ता बापत २ अर्ब ९३ करोड रुपैयाँ कर्मचारीलाई खर्च गरेको छ । त्यसैगरी ग्लोबाल आइएमई, कृषि विकास, राष्ट्रिय वाणिज्य, नबिल, प्रभु र सिद्धार्थले ९ महीनाको अवधिमा २ अर्बभन्दा बढी कर्मचारीका लागि बोनस र तलबभत्तामा खर्च गरेका छन् । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २७ वाणिज्य बैंकमध्ये सर्वाधिक नाफा बढाउन सफल सेन्चुरी बैंकले भने कर्मचारीका लागि सबैभन्दा कम खर्च गरेको छ । उक्त अवधिमा यो बैंकाले कर्मचारीलाई तलब भत्ता र बोनस बापत ९० करोड रुपैयाँ खर्च गरेको छ ।  यसैगरी कर्मचारीलाई सबैभन्दा बढी बोनस वितरण ग्लोबल आईएमई बैंकले गरेको छ । यो बैंकले चैत मसान्तसम्म कर्मचारीलाई बोनस बापत ५७ करोड ५४ लाख रुपैयाँ खर्च गरेको छ । त्यस्तै एनआईसी एशियाले पनि ५७ करोड २२ लाख रुपैयाँ बोनस कर्मचारीलाई वितरण गरेको छ । अन्य बैंकको तुलनामा सबैभन्दा कम बोनस वितरण गर्नेमा बैंक अफ काठमाण्डू रहेको छ । यो बैंकले चैतसम्म कर्मचारीलाई १३ करोड ५० लाख रुपैयाँ खर्च गरेको छ ।  रकम (रू. करोडमा)  

सम्बन्धित सामग्री

प्रदेश १ प्रदेश सभाको पाँच वर्षको खर्च १ अर्ब २ करोड

१४ पुस, विराटनगर । प्रदेश १ प्रदेश सभाको पहिलो कार्यकालमा एक अर्ब २ करोड ७० लाख रुपैयाँ भन्दा बढी खर्च भएको छ । पाँच वर्षको अवधीमा सांसद ,कर्मचारीको तलब भत्ता र भवन निर्माण, सवारी खरिद, मर्मत सम्भारलगायत शीर्षकमा एक अर्ब २ करोड ७० लाख ३४ हजार ८०६ रुपैयाँ खर्च भएको हो । प्रदेश सभा सचिवालयको […]

स्थानीय चुनाव : आयोगले माग्यो १२ अर्ब बजेट

काठमाडौं : स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले १२ अर्ब रुपैयाँ बजेट माग गरेको छ। सरकारलाई प्रस्ताव बुझाउँदै आयोगले एकै चरणमा चुनाव नभएमा अनुमानित खर्चमा थप वृद्धि हुने जनाएको छ। आयोगले २०७४ को चुनावमा ८ अर्बभन्दा बढी खर्च भएको उल्लेख गरेको छ।निर्वाचन खर्चको अधिकांश भाग निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा खर्च हुने भन्दै आयोगले यी शीर्षकमा झण्डै ३० प्रतिशतले वृद्धि भएकाले थप बजेट आवश्यक पर्ने प्रष्ट पारेको छ। २०७४ को चुनावपछि करिब

गोरखाका तीनवटा कार्यालयको खर्च चार महिनामा शून्य!

चालू खर्च (तलब भत्ता) तर्फ भने स्वास्थ्य कार्यालयले १० प्रतिशतभन्दा बढी खर्च गरेको छ। घरेलु कार्यालयले ८ र जिल्ला आयुर्वेदले करिब १२ प्रतिशत चालू खर्च गरेका छन्।...

राष्ट्रिय सभाको एक सांसद चुन्न ६४ लाख खर्च अनुमान

काठमाडौं, ५ जेठ । एकजना सांसदको ५ वर्ष कार्यकालमा तलब, भत्ता र मसलन्द गरी प्रति महिना एक लाख खर्च जोड्दा ६० लाखको आसपास हुनेगर्छ । तर, त्यही सांसद चुन्न त्योभन्दा बढी खर्च हुन्छ । राष्ट्रिय सभाको बागमती प्रदेशको रिक्त सिटमा उपनिर्वाचनका लागि ६४ लाख निकासा भइसकेको छ । निर्वाचन आयोगले ६४ लाख रुपैयाँ खर्च अनुमान […]