जिल्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले कार्य अवधि नसकिँदै गाडी फिर्ता गरेका छन । आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्नु नैतिक दायित्व भएको भन्दै उनले गाउँपालिकालाई गाडी बुझाएका हुन ।तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाका अनुसार अध्यक्ष न्यौपानेले शुक्रवार कार्यालयमा गाडी बुझाएका थिए । उक्त गाडी एक महिना निर्वाचन अधिकृतको कार्यालयमा प्रयोग हुने बताइएका छ ।‘धेरै जसो गाडी निर्वाचनको मुखैमा पनि राजनितिक कार्यक्रममा प्रयोग हुने गरेको पाइन्छन् । अ