इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इद उल फित्र (इद) नेपालगञ्जमा आज हर्षाेल्लासका साथ धुमधामले मनाइएको छ । पवित्र महिना रमजानको एक महिनाको लामो कठोर व्रत (रोजा)पछि नेपालगञ्जको इदगाहमा आज बिहान ‘इद उल फित्र’ इदको सामूहिक नवाज पढिएको थियो । सडकमा खचाखच मुस्लिम भक्तजन कोही सडकमा, कोही मस्जिदभित्र त कोही घरका छतछतमा बसेर नवाज पढ्दै थिए । …