मुस्लिम समुदायमा इद उल फित्रको रौनक

काठमाडौं : नेपालमा रहेका मुस्लिम धर्मावलम्बी इद (इद उल फित्र) पर्व मनाउँदै छन्। देशभर रहेका मुस्मिल धर्मावलम्बीले नमाज पढेर तथा एक–आपसमा शुभकामना साटासाट गरेर इद मनाउन थालेका हुन्।इदका अवसरमा सरकारले मंगलबार सार्वजनिक  विदा दिएको छ।

सम्बन्धित सामग्री

इद उल फित्र मनाउँदै मुस्लिम समुदाय (फाेटाेफिचर)

काठमाडौँ- अरबी पात्रो हिजरी संवतअनुसार १०औँ महिना (सौवाल) को पहिलो दिन आज मंगलबार देशभरका मुस्लिम समुदायले नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र पर्व मनाइरहेका छन् । भैरहवाका मुस्लीम समुदायले पनि याे पर्व मनाएका छन् । सरकारले आज सार्वजनिक बिदा दिएकाे छ ।

इद उल फित्र मनाउँदै मुस्लिम समुदाय (तस्बिर/भिडिओ)

खुसीपूर्वक गरिबलाई दान गरिने भएकाले यस पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र तय हुन्छ ।