मध्यपश्चिम विश्वविद्यालयमा भाषा तथा सीप विकास केन्द्र स्थापना

मध्यपश्चिम विश्वविद्यालयले विश्वव्यापी भाषा तथा व्यावसायिक सीप विकास केन्द्र स्थापना गरेको छ । विश्वविद्यालयले विभिन्न भाषाको अध्ययन र व्यावसायिक सीप सिकाउने उद्देश्यले केन्द्रको स्थापना गरेको हो । संयुक्त राष्ट्र संघका प्रमुख छ भाषा, विश्वमा सबैभन्दा बढी माग भएका र सभ्यतासँग जोडिएका भाषा सिकाउने उद्देश्यले केन्द्रको स्थापना भएको विश्वविद्यालयले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक उपप्राध्यापक चित्रबहादुर केसीले संयुक्त राष्ट्र संघका भाषाका अतिरिक्त जर्मन, जापनिज, कोरियन र विश्व सभ्यतास

सम्बन्धित सामग्री

चुनौतीपूर्ण वैदेशिक रोजगारी

स्वदेशमा रोजगारीका अवसर नभएपछि दैनिक हजारौँ युवा वैदेशिक रोजगारीका लागि जान बाध्य छन् । संस्थागत रूपमा विदेशमा रोजगारीका लागि जाने क्रमको थालनी २८ वर्षअघि भएको देखिन्छ । तर वैदेशिक रोजगारीले अर्थतन्त्रमा ठूलो योगदान दिए पनि यसमा थुप्रै समस्या छन् जसको समाधानमा सरकारले पर्याप्त पहल गरेको देखिँदैन । विदेशमा रोजगारीका लागि जाने क्रम यसरी नै बढ्ने हो भने आगामी ५ वर्षमा सत्तरी प्रतिशत घरमा रेमिट्यान्स पुग्ने अनुमान गरिएको छ । देशका होनेहार श्रमशक्ति दिनानुदिन विदेशमा रोजगारीका लागि जानु अन्तत: घातक हुने अर्थविश्लेषकहरू बताउँछन् । अल्पकालका लागि उयुक्त देखिए तापनि दीर्घकालका लागि भने सकारात्मक होइन । पछिल्लो समयमा रोजगारीका लागि विदेश जाने महिलाको संख्या २० प्रतिशतभन्दा माथि रहेको बताइन्छ । वैदेशिक रोजगारीमा जति आकर्षण छ त्यहाँको अवस्था त्यति नै जोखिमपूर्ण पनि रहेको छ । एक तथ्याङ्क अनुसार विदेशमा जाने कामदारमध्ये सत्तरी प्रतिशतले जोखिमपूर्ण कार्य गर्नुपर्छ । विदेश जानुपूर्व राम्रोसँग अभिमुखीकरण तालिम दिई सम्बन्धित कार्य अनुसार नै सीपको विकास गराएर मात्र विदेश पठाउने व्यवस्था भएमा अवश्य पनि जोखिम कम हुने थियो । सम्झौता गरिएअनुरूप पारिश्रमिक नदिने, सुविधाहरू पूर्वशर्त अनुसार उपलब्ध नगराउने, बिमा नगरी काममा लगाउने जस्ता समस्या देखिएका छन् । शिक्षितदेखि असाक्षरसम्म सबैको आकर्षण बनेको वैदेशिक रोजगारीबाट युवा जमातलाई विमुख गराउने हो भने स्वदेशमा रोजगारीको सुनिश्चितता हुनु जरूरी हुन्छ । रोजगारी उपलब्ध गराउने कार्य चुनौतीपूर्ण छ तर पनि वर्षेनि नयाँ उद्योग कलकारखाना खोल्ने, कृषि र पर्यटनलाई व्यावसायिक बनाउँदै थप रोजगारी सिर्जना गर्नेतर्फ गम्भीरतापूर्वक लाग्नुपर्ने खाँचो छ । नेपाल कृषि प्रधान देश भएर पनि कृषिमा लाग्ने जनसंख्याको प्रतिशत भने वर्षेनि घट्दै गएको छ । कृषि क्षेत्रमा ठूलो व्यावसायिक खेतीको अभावमा त्यसतर्फ युवाको ध्यान केन्द्रित गराउन सकिएको छैन । वैदेशिक रोजगारीमा जानुपूर्व नै सम्बन्धित देशको धर्म, संस्कृति, हावापानी, कामको प्रकृति, कम्पनीको नियमकानुन, सेवासुविधा आदिका बारेमा स्पष्ट भएर मात्र जानुपर्छ । यसका लागि नियम बमोजिम श्रमसम्झौता गर्ने, जुन कामका लागि विदेश जाने हो सो काम राम्ररी गर्न सक्ने भएर मात्रै जाने हो भने जोखिमलाई न्यून गर्न सकिन्छ । श्रम इजाजत भएका देशमा मात्र जानुपर्छ तब मात्र  सम्झौताबमोजिम कार्य गर्ने अवसर प्राप्त गर्न सकिन्छ । लुकीछिपी गलत प्रक्रियाबाट विदेशिने युवाले झनै पीडादायी अवस्थाको सामना गर्नुपर्ने हुछ । तसर्थ नियम संगत ढंगले मात्र विदेश जानु आफ्नो परिवार र राज्यको पनि हितमा रहन्छ । अनेकौँ कारणले विदेशमा श्रमकै सिलसिलामा मृत्यु भएका शव दैनिक तीनजनाको दरले आउने गरेकोबाट पनि थाहा हुन्छ वैदेशिक रोजगारी जोखिमपूर्ण छ । सुरक्षित र भरपर्दो रोजगारीका लागि राज्यले बढी जिम्मेवार बन्न सक्नुपर्छ भने कामदार स्वयं सतर्क बनेर सबै जानीबुझी मात्र वैदेशिक रोजगारीमा जानु बुद्धिमानी कार्य हुनेछ । स्वदेशमा नै रोजगारीको व्यवस्था हुन नसक्दा आज पनि हजारौँ युवाले अनेकौँ जोखिमपूर्ण  कार्यमा खटिएर श्रम गर्न विवश छन् । उनीहरुको श्रमबाट प्राप्त हुने विप्रेषणले देशको अर्थतन्त्रमा सहयोग पुगेको छ । तर, यसले दीर्घकालीन समाधान दिँदैन । वैदेशिक रोजगारीलाई व्यवस्थित र भरपर्दो बनाउन सकिएको छैन । श्रमिकले अनेकौँ दु:ख र पीडा खपेर बस्नुपर्ने बाध्यता अहिले पनि छँदै छ । वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउनका लागि राज्यले थप प्रभावकारी कार्य गर्नुपर्ने देखिन्छ । विदेशमा रोजगारीका लागि जानेले पनि सीप सिकेर मात्र जाने, श्रम सम्झौता गरेर भरपर्दो म्यानपावरबाट मात्र कार्य गर्ने जस्ता सबालमा बढी चनाखो हुनुपर्छ । राज्यले श्रम गर्न निषेध गरेका देशमा लुकीछिपी जाने अवैध तरिकाले दलालीको सहयोगमा गलत मार्गबाट पुग्ने कार्यले पनि समस्या थपेको छ । सम्झौता अनुरूपको तलब ,सुरक्षाको ग्यारेन्टी लगायतका सबालमा प्रभावकारी कार्य गर्नुपर्ने खाँचो रहेको छ । आफू काम गर्न जाने देशको बारेमा पर्याप्त जानाकारी लिनुपर्छ । सम्बन्धित देशको भाषा सिक्ने, त्यहाँको हावापानीको अवस्थाको ख्याल गर्ने, काम सिकेर मात्र जानेजस्ता सामान्य तर ज्यादा महŒवपूर्ण पक्षमा ध्यान दिनुपर्छ ।    नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार श्रमका लागि विदेशमा रहेका नेपाली नागरिकको संख्या बीस लाख रहेको छ । तर यो संख्या भन्दा धेरै नागरिक श्रमका लागि विदेसिएको देखिन्छ । तिनलाई स्वदेशमा नै रोजगारी दिने गरी नीति तय गरिनुपर्छ । देशमा नै रोजगारी प्राप्त गर्न सक्ने क्षेत्र भनेको कृषि, उद्योग र पर्यटन हुन् । हामीले कृषिमा युवालाई आकर्षित गर्न सकिरहेका छैनौँ । उद्योगको स्थापना पनि गर्न सकेका छैनौँ भने पर्यटन क्षेत्रमा पनि उल्लेख्य सुधार गरी रोजगारी बढाउन सकेका छैनौँ । पछिल्लो समय त कोरोनाको महामारीका कारण यो क्षेत्र झनै प्रभावित भएको छ । हामी कृषि प्रधान देशका नागरिक तर खाद्यान्नका लागि मात्र मासिक अर्बौं रकम खर्चन्छौँ । एक दशक अगाडिसम्म हामी भारतमा खाद्यान्न निर्यात गथ्यौँ भने आज तरकारी, फलफूल, खाद्यान्न सबै भारतलगायतका मुलुकबाट आयात गछौँ । भन्न पनि लाज लाग्ने अवस्थाको सिर्जना भइरहेको छ । उत्पादन वृद्धि गर्न र स्वदेशमा नै रोजगारी सिर्जना गर्न राज्यले युवावर्गलाई कृषिमा आकर्षित गर्नै पर्छ जसका लागि ऋण सहजै उपलब्ध गराउने, उत्पादनले बजार पाउने व्यवस्था मिलाउने, उन्नत जातका बीउबिजन उपलब्धता गराउने, समयमा नै आवश्यक मलको प्रबन्ध गर्ने जस्ता कार्य गर्नुपर्छ । व्यावसायिक कृषिमा जोड दिँदै युवालाई यस क्षेत्रमा आकर्षित गराउनुपर्छ । यसो गरेमात्रै स्वदेशमा नै रोजगारी बढाउँदै उत्पादन समेत वृद्धि गर्न सकिन्छ ।  वैदेशिक रोजगारीका चुनौतीलाई हटाउँदै थप व्यवस्थित र भरपर्दो बनाउन प्रभावकारी कदम चाल्नुपर्छ । बढ्दो बेरोजगारीको समस्यालाई क्रमश: हटाउनका लागि युवालाई कृषि क्षेत्रमा आकर्षित गराउन सिञ्चाइ, बजार, बीउबिजन, ऋण, मल, भण्डारणको प्रभावकारी व्यवस्था गर्नुपर्छ । लेखक विश्वशान्ति कलेजमा समाजशास्त्र अध्यापन गर्छन् ।

एनआरएनएको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

असोज ५, बागलुङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा पर्वतका कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् । आफ्नो गृह जिल्ला पर्वतको कुश्मा बजारमा पत्रकार सम्मेलन गरेर आचार्यले आइतवार केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आचार्य अघिल्लो अधिवेशनमा गोरखाका कुमार पन्तसँग पराजित भएका थिए । उनले अघिल्लो पटकभन्दा थप तयारी र सशक्त रुपमा उम्मेदवारी दिन लागेको जानकरी दिए ।  गैरआवासीय नेपालीहरुको हक हितलाई सुनिश्चित गर्नका लागि आफू अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको आचार्यले बताए । उनले पैत्रिक सम्पत्तिको अधिकार, राहदानी तथा तेस्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने सर्वोच्च प्राथमिकता दिने बताए ।  उनले नेपाल सरकार तथा निजी क्षेत्रसँगको सहकार्यमा नेपलको सातै प्रदेशमा एनआएनए सीप विकास केन्द्र स्थापना गरिने, कोभिडका कारण रोजगार गुमाएर फर्केका युवाहरुका लागि एक एनआरएनए एक रोजगार अभियान शुरु गर्ने कार्ययोजना रहेको जानकारी दिए । गैरआवासीय नेपाली र नेपालमा रहेका उनीहरुका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलव्ध गराउन विभिन्न स्वास्थ्य संंस्थाहरुसँग सम्झौता गर्ने, विदेशमा हुर्किरहेका वालवालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाईल एप निर्माण गरी अनलाईन कक्षाहरु सञ्चालन गर्ने, एनआरएनए खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गरिने आचार्य प्रतिबद्धता व्यक्त गरेका छन् । उम्मेदवारी घोषणाको क्रममा आचार्यले आफ्नो जन्मभूमि पर्वतको धाईरिङमा यस वर्षको बाढिपहिरोले विस्थापित बनेका परिवारहरुको पुर्नस्थापनाका लागि रू. १० लाख रुपैयाँ व्यक्तिगत रुपमा दिने घोषणा गरेका छन् ।  यस्तै पर्वतकै सदरमुकाम कुश्मा बजारको गुप्तेश्वर बहुमुखि क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालनका लागि रू. १ लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन् । एनआरएनएको दशौं अन्तरराष्ट्रिय महाधिवेशन यही असेज २८ गतेदेखि ३० गतेसम्म काठमाडौंमा हुँदैछ ।

कञ्चनरूपमा व्यवस्थित बनाइँदै घरबास

सप्तरी । सप्तरीको पहिलो र प्रदेश २ को दोस्रो घरबास (होमस्टे) रहेको कञ्चनरूप नगरपालिकामा पर्यटन क्षेत्र उकास्न विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ । सोहीअनुसार स्थानीयलाई होमस्टे सञ्चालन र विभिन्न किसिमका परिकार बनाउन सहयोग पुर्‍याउने उद्देश्यले चार दिने तालिम सम्पन्न भएको छ । पर्यटन मन्त्रालयको तारागाउँ विकास समिति काठमाडौंद्वारा दिइएको तालिममा ३५ जनाको सहभागिता थियो ।      होमस्टेका लागि अपनाउनुपर्ने मापदण्ड, पाहुनालाई स्वागत गर्ने तरिका, स्थानीय उत्पादित वस्तुका परिकार, अर्गानिक खाना, बासको व्यवस्था, नेपाली र थारु संस्कृति, आधुनिक परिकारबारे तालिम दिइएको प्रमुख प्रशिक्षक लीलाप्रसाद तिमिल्सिनाले बताए । उक्त अवसरमा टंकप्रसाद चापागाईं, मनोज बस्नेत, रामप्रसाद कँडेलले छुट्टाछुट्टै विषयमा तालिम दिएका थिए ।       कञ्चनरूप नगरपालिका–६ जमुवामा पर्यटकका लागि आठ वटा होमस्टे सञ्चालनमा छ । यहाँ आउनेका लागि ०७५ वैशाखदेखि खाना र बासको व्यवस्था रहेको छ । जैविक विविधतासँगै पारिवारिक वातावरणमा ग्रामीण जीवनशैलीको स्वाद चाख्न होमस्टे आउने पर्यटकलाई कसरी स्वागत तथा सत्कार गर्ने, उनीहरूलाई कस्ता परिकार खुवाउने र होमस्टेको सरसफाइ कसरी गर्नेलगायत विषयको तालिम पाएर होमस्टेले प्रदान गर्ने सेवा थप प्रभावकारी बन्ने पूर्वपिप्रा धरमपुर घोघनपुर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बच्चुलाल चौधरीले विश्वास व्यक्त गरे ।      तालिम समापन अवसरमा प्रमाणपत्र वितरण गर्दै कञ्चनरूप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले पर्यटनको अभिन्न अंग मानिने होमस्टेको माध्यमबाट प्राकृतिक र सांस्कृतिक रूपले सम्पन्न जमुवामा ढलानको सडक निर्माण गर्ने प्रतिबद्धता जनाए । ग्रामीण क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्दै स्थानीयलाई पर्यटन व्यवसायमा सहभागी गराई जीवनस्तरमा  सुधार ल्याउन नगरपालिकाले बजेट विनियोजन गर्ने उनको भनाइ छ ।       ग्रामीण पर्यटनमा रमाउने पर्यटकलाई सुलभ, सरल र सहज वातावरणमा स्थानीय परिकार, कला, संस्कृति र रीतिरिवाज पस्किँदै इतिहासबारे नयाँ पुस्तालाई सिकाउनुपर्ने नगरप्रमुख मिश्रले बताए ।      आत्मनिर्भर बनाई स्वदेशमै आयआर्जन गर्न र सक्षम बनाउन तालिमले ठूलो सहयोग पुगेको प्रशिक्षार्थीद्वय महेन्द्र चौधरी र हीराकुमार बिसीले बताए । तालिममा सिकेको सीप र ज्ञानलाई सदुपयोग गर्दै होमस्टेलाई नमुना बनाउने दृढता व्यक्त गरे ।      थारु सामुदायिक होमस्टे एवं थारु संग्र्रहालय स्थापना, निर्माण र विकासमा योगदान पुर्‍याएको भन्दै कोशीटप्पु वन्यजन्तु आरक्षका तत्कालीन प्रमुख संरक्षण अधिकृत रामदेव चौधरी, डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोषकुमार झा, आइडिएस नेपालका टिमलिडर छोटेलाल चौधरी, जैविक विविधता संरक्षणविज्ञ नन्दलाल माझी र पत्रकार मनोहर पोखरेललाई कार्यक्रममा सम्मानित गरियो ।      होमस्टेका अध्यक्ष विष्णुदेव चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरी जिल्लाभरि सर्वोत्कृष्ट नगरपालिका घोषित भएकामा नगरप्रमुख मिश्र र प्रमुख प्रशासकीय अधिकत नवराज खड्कालाई सम्मान गरिएको थियो । थारु सामुदायिक होमस्टे र पूर्वपिप्रा धरमपुर घोघनपुर मध्यवर्ती उपभोक्ता समितिले उनीहरूलाई सम्मान गरेको हो ।      स्थानीय थारु अगुवाहरुले समुदायको ऐतिहासिक रहनसहन, रीतिरिवाज, कला, संस्कृति र जनजीवनलाई जीवन्त राख्न तथा जमुवालाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले ०७५ वैशाखमा थारु सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन् । सोही ठाउँमा ०७७ कात्तिकमा थारु सांस्कृतिक संग्रहालय भवन निर्माण भएको छ ।      आप्mनो कला, संस्कृति, भाषा, वेषभूषा अमूल्य सम्पत्ति भएको र यसको संरक्षणमा आफैं लाग्नुपर्छ भन्ने सोचले होमस्टेपछि थारु सांस्कृतिक संग्राहलय सञ्चालनको तयारी भइरहेको होमस्टेका अध्यक्ष विष्णुदेव चौधरीले बताए ।     होमस्टे क्षेत्र नजिकै अर्ना, हात्ती, साइबेरियन चरा पाइने कोशीटप्पु वन्यजन्तु आरक्ष, चन्द्रशमशेर राणाले बनाएको नेपालकै जेठो चन्द्र नहर, प्रसिद्ध धार्मिक स्थल चतरा र वराहक्षेत्र, त्रियुगा र सप्तकोशी नदी, सामुदायिक वन, चुरे क्षेत्र, कमल दहलगायत प्रसिद्ध धार्मिक स्थल रहेकाले होमस्टे र संग्रहालयलाई आयआर्जनको आधार बनाएर सांस्कृतिक हबका रूपमा विकास गर्न खोजिएको बच्चुलाल चौधरी बताउँछन् । रासस