सर्लाहीसहित मधेशका जिल्लामा पानी पर्न नसक्दा सुक्खापन बढ्दै गएको छ। यस क्षेत्रमा गत भदौदेखि पानी पर्न सकेको छैन। सुक्खापनका कारण आगलागी र डढेलोको जोखिम बढेको छ। धुलो, धुवाँको प्रदूषण पनि उत्तिकै छ। पानी नपर्दा यहाँका बस्ती र खेतबारीका फाँट उजाड देखिएका छन्।