पानी नपर्दा सुक्खापन बढ्यो, तत्कालका लागि हिउँदे वर्षाको सम्भावना छैन

काठमाण्डाै - पानी नपर्दा देशभर सुक्खापन बढेको छ । पानी नपरेकै कारण प्रदूषण समेत बढ्दै गएको छ । केही दिनअघि केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि राम्ररी वर्षा भने हुन सकेको छैन । सामान्यतया मंसिर १६ गतेदेखि फागुन १७ गतेसम्मलाई हिउँदे वर्षाको समय मानिन्छ । तर, पुस १२ गते हुँदा समेत खासै पानी परेको छैन । तत्काललाई पानी पर्ने सम्भावना पनि छैन ।  मौसमविद् शान्ति कँडेलका अनुसार नेपालमा हिउँदको समयमा वर्षा गराउने प्रमुख भूमिका पश्चिमी वायुको हुन्छ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य परिरहे पनि त्यो शक्तिशा...