के के मान्यो सरकारले आफ्नो १०० दिने उपलब्धि

काठमाडौँ – पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएको सोमबार १०० दिन पुगेको छ। दाहाल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्रीको सचिवालयले १०० दिन उपलब्धिपूर्ण भएको दाबी गरेको छ। उसले सार्वजनिक गरेको उपलब्धिको विवरणमा बिग्रदै गएको अर्थतन्त्रलाई ट्र्याक आउन थालेको दाबी गरेको छ। दाहालको कार्यकालमा अर्थतन्त्रका सूचकहरुमा क्रमशः सुधारका संकेतहरु देखिन थालेको सचिवालयले […]

सम्बन्धित सामग्री

सरकारले कोरला नाका खोल्न नसके हामी तलब दिन्छौं, श्रमदान गर्छौं : खगराज अधिकारी

३० साउन, पोखरा । १० दिनअघिमात्र हनिमुन पिरियड (१०० दिन) पूरा गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारप्रति निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी आक्रोशित बनेका छन् । आफू नेतृत्वले सरकारले गरेको काम पनि अहिलेको सरकारले आफ्नो उपलब्धिमा राखेको आरोप उनले लगाएका छन् । सरकार सञ्चालनको १०० दिन पूरा गरेका मुख्यमन्त्री पाण्डेले ४६ बुँदे उपलब्धि सार्वजनिक […]

लुम्बिनी सरकारको १०० दिन, २ लाख महिला र युवालाई रोजगारी दिने घोषणा

बुटवल।  लुम्बिनी प्रदेश सरकारले सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । स्थानीय सामाग्रीको उत्पादन र त्यसको बजारीकरणबाट मात्रै गाउँ गाउँमा रोजगारी सृजना गर्न सकिने भन्दै चालु आर्थिक वर्षमा दुई लाख व्यक्तिलाई रोजगारी दिने योजना रहेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए । जसका लागि प्रदेश सरकारले डेढ अर्ब बजेट विनियोजन पनि गरिसकेको छ । सरकारले मुख्यमन्त्री आर्थिक विकास […]

मन्त्री तुम्बाहाङफेका सय दिन,जग्गा फिर्ता ल्याउने कार्य सबैभन्दा ठूलो उपलब्धि

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्वाहाङ्फेले व्यक्तिले कब्जा गरेका कतिपय जग्गा सरकारको नाममा फिर्ता ल्याउने कार्यलाई सबैभन्दा ठूलो उपलब्धिका रुपमा लिएको बताउनुभएको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दूषित मनसाय राखेर गैरकानूनी रुपमा व्यक्तिले दर्ता गराएका जग्गालाई सरकारले फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।           मन्त्री तुम्वाहाङफेले भन्नुभयो, “सरकारी, सार्वजनिक तथा गुठी जग्गाको छानबिन गर्न गठित आयोगमा पर्न आएका उजुरी छानबिन गरी ३९ बिघा १५ कट्ठा जग्गा नेपाल सरकारको नाममा फिर्ता ल्याइएको छ । जग्गाधनी, लेखापढी व्यवसायी र कर्मचारी इमान्दार भएमा बिचौलियाका नाममा हुने आर्थिक चलखेल सहजरुपमा रोक्न सकिने बताउँदै मन्त्री तुम्वाहाङ्फेले भूमि व्यवस्थापनका क्षेत्रमा जति समस्या छ त्यति नै उपचारका बाटा रहेको बताउनुभयो ।