काठमाडौं : देशको संघीय राजधानी शहर काठमाडौंका सडक सफा र चिल्ला हुनुपर्ने हो। पैदलयात्रुले सहज रूपमा फुटपाथबाट आवतजावत गर्न सक्ने हुनुपर्ने हो। दृष्टिविहीन तथा ह्वीलचेयरबाट आवतजावत गर्नेहरू पनि कुनै बाधा व्यवधानपूर्वक गन्तव्यमा पुग्नुपर्ने हो।तर यी कुनै पनि विशेषता काठमाडौंका सडकमा पाइँदैन। यहाँका फुटपाथमा पाइला–पाइलामा अनगिन्ती अवरोध छन्। कतै खाल्टाखुल्टी त कतै निर्माण सामग्रीको थुप्रो। कतै फोहोरका डंगुर त कतै पाेल र तारकाे अवराेध। त्यतिले नपुगेर कतिपय साँघुरा फुटप