आगामी निर्वाचनमा एकल लड्ने माहोलको तयारीमा रहन आग्रह

सिमकोट – कांग्रेसको कार्यसम्पादन समितिका सदस्य जीवनबहादुर शाहीले ०८४ सालको निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस एकल रुपमा निर्वाचनमा जान सक्ने माहोलको तयारीमा लाग्न आग्रह गरेका छन्। कांग्रेस हुम्लाद्वारा आयोजना गरिएको कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रममा नेता शाहीले उक्त कुरा बताएका हुन्। कार्यक्रममा प्रशिक्षण दिने क्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले जहिले पनि जिल्लामा कांग्रेसविरुद्ध घेराबन्दी हुने गरेको […]

सम्बन्धित सामग्री

महिला प्रतिनिधित्व सुनिश्चित गर्न माग

रुकुमपश्चिमका महिला अधिकारकर्मीले आगामी निर्वाचनमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् । संविधानले तोकेबमोजिम प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न उनीहरूले माग गरेका हुन्। मानवअधिकारका लागि महिला, एकल महिला जिल्ला सञ्जाल रुकुमपश्चिमले जिल्ला सदरमुकाम खलङ्गामा आयोजना गरेको ‘निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता’ विषयक छलफल कार्यक्रममा महिला अधिकारकर्मीले यस्तो बताएका हुन्। अधिवक्ता मनीषा भण्डारीले यो वा त्यो बहानामा महिला प्रतिनिधित्वलाई कम गर्ने कुरा स्वीकार गर्न नसकिने बताउनुभयो। उहाँले गठबन्धनका नाममा महिला प्रतिनिधित्व कम हुन सक्नेतर्फ दलहरू सचेत रहन आग्रहसमेत गर्नुभयो।