काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मीले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ।एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा आर्मीले फ्रेन्ड्समाथि ३–० को जित निकालेको हो। आर्मीको जितमा जगजित श्रेष्ठ, नवयुग श्रेष्ठ र सुदिल राईल गोल गरे।जितसँगै आर्मी २९ अंकसहित लिगको पाँचौं स्थानमा उक्लिएको छ भने हारपछि फ्रेन्ड्स रेलिगेशन जोनमा यथावत् रहेको छ। आजै भएको चर्चब्वाइज युनाइटेड र हिमालयन शेर्पाबीचको खेल भने बराबरीमा टुङ्गिएको छ। च्यासल मैदान ललितपुरमा भएको खेलमा दुवै टोली