काठमाडौं : मधेश प्रदेशले पनि नयाँ सरकार गठनका लागि आह्वान गरेको छ। प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका २८ पुसको दिउँसो ४ बजेसम्मको समय दिएर आह्वान गरेका हुन्।उनले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्।संविधानअनुसार केन्द्रमा जस्तै मधेश प्रदेशसभा पनि कुनै दलको बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान भएको हो।मधेश प्रदेशबाहेक अन्य प्रदेशहरूले यसअघि नै सरकार गठनका लागि