भारतको हरियाणामा चामल मिलको भवन भत्किँदा ४ जनाको मृत्यु २० जना घाइते
कर्नाल (हरियाणा) हरियाणा राज्यको कर्नालस्थित तीनतले चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन्।
सामबार राति मिलमा सुतिरहेका मजदुरमाथि भवनको पर्खाल खसेको थियो। दुर्घटनाका बेला मिलमा एक सय ५० कामदार थिए।
काठमाडौं : नाइजेरियाको लागोस सहरमा निर्माणाधीन २२ तले अग्लो भत्किँदा कम्तिमा चार जनाको मृत्यु भएको छ भने अन्य कयौं बेपत्ता छन्।भवन भत्किएपछि उद्धारकर्ताहरूले रातभरि बाँचेकाहरूको खोजी गरिरहेका छन्। हालसम्म चार जना जीवितै भेटिएका छन्।भवन के कारणले भत्कियो र कति मानिस भग्नावशेष मुनि फसेका छन् भन्ने स्पष्ट हुन सकेको छैन। अपमार्केट जिल्लास्थित सो भवन स्थानीय समय अनुसार राति करिब पौने तीन बजे खसेको हो।