देशभरका शिवालयमा शतबीज छर्नेको भीड

मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । त्रयोदशीको रातभर बिहीबार भक्तजनले पशुपतिलगायत देशभरका शिवालय एवं घर–घरमा समेत दिवङ्गत पितृको नाममा अखण्ड महादीपदान गरेका थिए । त्रयोदशीको राति पशुपति क्षेत्रका मृगस्थली, गुह्येश्वरी, कैलाशडाँडा, हंशमण्डप, वाग्मती किनार र गौरीघाट क्षेत्रमा रातभर पितृको सद्गतिको कामना गर्दै बत्ती बालेर […]

सम्बन्धित सामग्री

आज बाला चतुर्दशी, पशुपतिलगायत शिवालयमा शतबीज छर्नेको भीड (फोटोफिचर)

काठमाडौं, मंसिर १७। पितृको मोक्ष र उद्धारका लागि सोमबार बिहान देशभरका शिवालय वरिपरि सतबीज छरिँदै छ । मंसिर कृष्ण चर्तुदशीका दिन आफ्नो परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित सतविज शिवालय वरिपरि छर्ने चलन छ । यसो गर्नाले पितृलाई अन्नको कमी नहुने र उनीहरूले सद्गति प्राप्त गर्ने […]

पशुपतिमा शतबीज र पितृका नाममा दीपदान (फोटो फिचर)

काठमाडौं : आज बालाचर्तुदशी।  पितृको मोक्ष र उद्धारका लागि देशभरका शिवालय वरिपरि शतबीज छरिँदै छ।  मंसिर कृष्ण चर्तुदशीका दिन आफ्ना परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित शतबीज शिवालय वरिपरि छर्ने चलन छ। यसो गर्नाले पितृलाई अन्नको कमी...