बागमती प्रदेशले सुरु गरेको आवासीय विद्यालय एक वर्षमै अन्योल

दोलखाको गौरीशंकर गाउँपालिका–२ जुँगूमा सात महिना अर्थात् गत माघ १२ गते निकै तामझामका साथ निलकण्ठेश्वर माध्यमिक विद्यालयलाई आवासीय रूपमा रूपान्तरण गर्ने गरी सुरुवात गरियो । विद्यालयको २९औं अभिभावक दिवसको अवसरमा विद्यालयको नाम परिवर्तन गरी निलकण्ठेश्वर आवासीय विद्यालय घोषणा गरियो ।फागुनदेखि दुई सय विद्यार्थी आवासमा पनि राखियो । बीचमा बन्दाबन्दीले विद्यालय बन्द भए तापनि ६ महिनापछि […]

सम्बन्धित सामग्री

आवासीय विद्यालय कार्यक्रम सुचारु हुने

शैक्षिक गुणस्तरका लागि भन्दै बागमती प्रदेश सरकारले सुरु गरेको आवासीय विद्यालय कार्यक्रम सुचारु हुने भएको छ । गत शैक्षिक वर्षमा २ महिनामात्र चलेर सामाजिक विकास मन्त्रालयमा मन्त्री परिवर्तनसँगै बन्द भएको आवासीय विद्यालय कार्यक्रम पुनः सुचारू हुने भएको हो ।गत शैक्षिक वर्ष २०७७ मा ६० दिन चल्यो तर कोरोना महामारीले बन्द भएको महामारी सकिएपछि विद्यालय खुल्यो […]

जुँगुमा बागमती प्रदेशकै पहिलो सरकारी आवासीय विद्यालय

दोलखा-बागमती प्रदेश सरकारले सरकारीस्तरकै पहिलो आवासीय विद्यालय सुरु गरेको छ । विद्यालयको २९औं अभिभावक दिवसको अवसरमा विद्यालयको नाम परिवर्तन गरी नीलकण्ठेश्वर आवासीय विद्यालय घोषणा गरिएको छ ।बागमती प्रदेश सांसद विशाल खड्का र प्रदेश शिक्षा विकास निर्देशानालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले सरकारीस्तरको आवासीय विद्यालय सुरुवातको घोषणा गरेका हुन् । पहिलो चरणमा ५ वटा विद्यालयलाई आवासीय रूपमा सञ्चालन […]

जुँगूमा बागमती प्रदेशकै पहिलो सरकारी आवासीय विद्यालय बन्ने

बागमती प्रदेश सरकारले सरकारीस्तरकै पहिलो आवासीय विद्यालय बनाउने भएको छ । पहिलो चरणमा ५ वटा विद्यालयलाई आवासीय रुपमा सञ्चालन गर्नका लागि दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. २ जुँगूमा रहेको निलकण्ठेश्वर मावि समेत छनौटमा परेको छ । प्रदेश सरकारबाट कार्यक्रममा छनौट भएसँगै पूर्वाधार निर्माणको काम समेत सुरु भएको छ । विद्यालय खुल्ने वित्तिकै विद्यार्थीलाई आवासीय रुपमै राख्नुपर्ने भएपछि विद्यालय व्यवस्थापन समिति र विद्यालयको प्रशासन विद्यार्थी व्यवस्थापन कसरी गर्ने भन्ने तयारीमा जुटेको हो । जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. २ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा आवासीय विद्यालयको लागि आवश्यक थप संरचना बन्ने भएको छ ।