बागमती प्रदेश सरकारले सरकारीस्तरकै पहिलो आवासीय विद्यालय बनाउने भएको छ । पहिलो चरणमा ५ वटा विद्यालयलाई आवासीय रुपमा सञ्चालन गर्नका लागि दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. २ जुँगूमा रहेको निलकण्ठेश्वर मावि समेत छनौटमा परेको छ ।
प्रदेश सरकारबाट कार्यक्रममा छनौट भएसँगै पूर्वाधार निर्माणको काम समेत सुरु भएको छ । विद्यालय खुल्ने वित्तिकै विद्यार्थीलाई आवासीय रुपमै राख्नुपर्ने भएपछि विद्यालय व्यवस्थापन समिति र विद्यालयको प्रशासन विद्यार्थी व्यवस्थापन कसरी गर्ने भन्ने तयारीमा जुटेको हो । जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. २ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा आवासीय विद्यालयको लागि आवश्यक थप संरचना बन्ने भएको छ ।