नेकपा एमालेका अध्यक्ष एवं प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले मंगलवार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
दोस्रो पटक विघटन गरिएको प्रतिनिधि सभा पुनः स्थापना भएपछि ओलीले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।
प्रतिनिधि सभा बैठकको शुरूमै प्रतिपक्षी दलको नेतालाई सम्बोधनको लागि समय मिलाइएको संसद् सचिवालय स्रोतले जानकारी दियो । ओलीले सम्बोधन गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा संसद्मा उपस्थित हुने भएका छन् ।
प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रतिपक्षी दलको नेता उपस्थित हुने र प्रत...