नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ कार्यक्रममा उपस्थित नभएको भन्दै एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।
प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्तावमाथि आइतवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ प्रधानमन्त्रीको शपथमा उपस्थित हुने सामान्य मर्यादा ओलीले बिर्सेको आरोप लगाएका हुन् ।
प्रचण्डले पुनःस्थापित प्रतिनिधि सभामा ओलीले सम्बोधन नगरेकोमा पनि आफूलाई अस्वाभाविक महसुस भएको बताए ।
‘मैले मेरो प्रमुख ...