काठमाडौँ – मुगुबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसले बाजी मारेको छ। कांग्रेसका ऐनबहादुर शाहीले नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गरेका हुन् । शाहीले १४ हजार ७०२ मत पाउँदा एमालेका कार्कीले १० हजार ७०८ मत पाएर हारे ।
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा चुनावको मतगणना सकिने क्रममा छ । प्रतिनिधिसभातर्फ अब परिणाम आउन ३८ निर्वाचन क्षेत्रको मात्र बाँकी छ । प्रत्यक्षतर्फ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत प्रमुख शक्तिका रुपमा रहेका छन् । नयाँ शक्तिका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ । चुनावी प्रतिस्पर्धामा गएका एमाले, कांग्रेस, माओवादी केन्द्र र एकीकृत […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले हारे देशले हार्ने दाबी गरेका छन्। ओलीको निर्वाचन क्षेत्रअन्तर्गत झापाको कमल गाउँपालिकामा भएको राष्ट्रिय युवा संघको कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै ओलीले देशलाई...
नेपालगञ्ज, भदो १ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आगामी निर्वाचनमा एमाले पराजित हुँदा राष्ट्रवाद र समाजवाद नै पराजित हुने बताएका छन् । एमाले बाँके जिल्ला कमिटीको आयोजनामा मंगलबार खजुरामा आयोजित कार्यकर्ता प्रशिक्षणमा बोल्दै उपाध्यक्ष ज्ञवालीले भने, ‘कम्युनिष्ट पार्टीको बर्को ओढेर कांग्रेस जिताउन आउनेहरूलाई जनताले विश्वास गर्ने छैनन् ।’ कार्यक्रममा पार्टीका सचिव तथा लुम्विनी प्रदेश […]
२० जेठ, रोल्पा । गंगादेव गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका हरिबहादुर पुन निर्वाचित भए । नेपाली पुन दुई हजार ५५७ मतका साथ निर्वाचित हुँदा नेकपा एमालेका रोशनकुमार वलीले दुई हजार ४९९ मत प्राप्त गरी दोस्रो स्थानमा रहे । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार वीरबहादुर खत्रीले दुई हजार ४१४ मतका साथ विजयी हुँदा […]
अछाम, ८ जेठ : नेकपा एमालेका नेता भीम रावलको वडामा नेकपा एमाले पराजित भएको छ । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन् । एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीन बहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदार बोहोरा बिजयी भएका हुन्।
७ जेठ, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा ०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसका युवराज कुँवर नेकपा एमालेका विष्णुबहादुर केसीलाई २६४ मतान्तरले पराजित गरे । कुँवरले निर्वाचनमात्रै जितेनन्, कास्कीका पाँच पालिकामध्ये नेपाली कांग्रेसबाट एकमात्र पालिका प्रमुख पनि बने । पाँच वर्षपछि अहिलेको निर्वाचनमा कुँवर फेरि पालिकामा दोहोरिने भन्दै उम्मेदवारी दिए भने यता, नेकपा एमालेले पनि अघिल्लो […]
सर्लाही : हरिवनको नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका रमेश बुढाथोकी (कमल) विजयी भएका छन्। उपप्रमुखमा भने नेकपा एमालेकी हरिमाया घलान विजयी भएकी छिन्।बुढाथोकीले निवर्तमान नगरप्रमुख नेकपा एमालेका गणेशप्रसाद प्रसाईंलाई १५३ मतान्तरले पराजित गरे। सात हजार २ मत सहित बुढाथोकी विजयी हुँदा प्रसाईंले ६ हजार ८४९ मत पाए। माओवादीका एक वडाअध्यक्ष र वडा सदस्य विजयी नहुँदा समेत माओवादीका बुढाथोकी प्रमुखमा बाजी मार्न सफल भए।उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका प्रसाईंसँग पराजित भए
इलाम : ५ वर्षअघि स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका हेमन्त राईलाई हराएर नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोले माङसेबुङ गाउँपालिका अध्यक्ष जिते।तत्कालीन संघीय समाजवादी फोरम (हाल जनता समाजवादी पार्टी) को साथ पाएपछि नेपाल विद्यार्थी संघका जिल्ला सभापति ३७ वर्षीय डिकेन्द्रले सहज जित हात पारेका थिए। तर उनलाई साथ दिने जनता समाजवादी पार्टीबाट उपाध्यक्षको उम्मेदवारी दिएका बिनोद नेम्वाङलाई एमालेकी उम्मेदवार सुनिता सुब्बाले ३ सय १८ मतान्तरले हराइन्।०७४ को निर्वाचनमा कांग्रेसबाट अध्यक्षका उम्मेदवा