लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफू अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको पक्षमा रहेको बताउनुभयो ।
आइतबारको प्रतिनिधिसभाको दोस्रो बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिनुहुँदै लोसपा अध्यक्ष ठाकुरले सो कुरा बताउनुभएको हो । ‘म यो सम्झौताको पक्षमा छु । हाम्रो लोकतान्त्रिक समाजवादी पार्टी यो सम्झौताको पक्षमा छ ।’ उहाँले भन्नुभयो ।