जनता समाजवादी पार्टी (जसपा) पछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि पाँच दलीय गठबन्धनमा सहभागी हुने प्रयासमा छ । लोसपा सरकारमा जाने भनेर पनि खुट्टा उचालेको छ । प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवासँग लोसपा नेतृत्व पटक पटक वार्ता गरिरहेको छ । उता मधेसमा जसपा र लोसपाबीच एकता वा गठबन्धन नै आवश्यक रहेको र यी दुई दल एकापसमा मिले भने मात्र मधेसको पहिचान र अधिकार स्थापित हुने पार्टीका नेताहरुले बताउँदै आएका छन् । तर यी दुई मधेसवादी दलबीच गठबन्धनका लागि कुनै प्रयास भएको देखिँदैन