काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ हजार २६३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४ हजार ६६६, भक्तपुरमा ५७८ र ललितपुरमा १०१९ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ।