सेवाग्राहीले स्मार्ट लाइसेन्स (चालक अनुमतिपत्र) का लागि सबै प्रक्रिया पूरा गरेर बसे पनि अझै लाइसेन्स हात पार्न सकेका छैनन् । नयाँ र पुरानासहित करिब ६ लाख सेवाग्राही अझै लाइसेन्सको पर्खाइमा छन् । यातायात व्यवस्था विभागले भने बल्ल स्मार्ट लाइसेन्स प्रिन्ट गरेर सम्बन्धित कार्यालयमा पठाउन सुरु गरेको छ । पुस दोस्रो साताबाट यसको प्रिन्ट थालिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । अहिले प्रतिदिन ६ हजार लाइसेन्स प्रिन्ट हुने गरेको छ ।