विवेक अग्निहोत्री द्वारा लिखित तथा निर्देशित फिल्म ‘द कश्मिर फाइल्स’ले भारतीय बक्स अफिसमा २०० करोडमाथिको कमाइ गरेको छ। दोस्रो सातामा चलिरहेको फिल्मले प्रदर्शनको १३ औँ दिन १० करोड (भारू) संकलन गरेको बताइएको छ। योसँगै द कश्मिर फाइल्सले ‘सूर्यवंशी’को कीर्तिमान तोड्दै कोरोना महामारी यताको सबैभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्म पनि बनेको छ। सूर्यवंशीले १९५ करोड कमाइ गरेको थियो। सन् १९९० मा कश्मिरबाट लखेटिएका पण्डितहरूको कथा रहेको फिल्मले सुरुवाती दिनमा कम शो पाएको थियो