नेकपा एमालेका नेता भीम रावलले एमसीसीको बारेमा एमालेले राष्ट्रिय स्वाधिनता र हितको पक्षपोषण गर्दै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
सोमवार भएको संसदीय दलको बैठकमा उनले एमसीसी सम्झौताबारे संसदीय दलमा गम्भीर छलफल गर्न कार्यसूची तय गर्न माग गरेका हुन् ।
‘नेपाल सरकार र अमेरिकी संस्था मिलिेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बीच भएको मूल सम्झौता (कम्प्याक्ट) र त्यसको आधारमा गरिएका एक दर्जन जति सम्झौता एवं कार्ययोजनाका कैयन् प्रावधानहरू नेपालको सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता, स्वाभिमान, हित...