काठमाडौं : आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने भएसँगै सानादेखि ठूला राजनीतिक दलहरु मात्र होइन केही स्वतन्त्र व्यत्तीसमेत चुनावको तयारीमा जुटेका छन्।पाँच दलीय सत्ता गठबन्धन सिट बाँडफाँटमा केन्द्रित छ भने नेकपा एमालेले त घोषणापत्र नै बनाउन थालिसकेको छ। अन्य साना दल अहिले निर्वाचनमा विजय हासिल गर्न भएभरको शक्ति खर्च गरिरहेका छन्।कतिपय दल अघिल्लो पटकको भन्दा स्थिति सुधार गर्ने ध्याउन्नमा छन् भने कतिपय दललाई भने जमानत जोगाउन मुस्किल हुने जस्तो अवस्था देखिएको छ। पटक-पटकको फुट र एकता, ए