टावरमा समस्या आएपछि गौतम बुद्ध विमानस्थल बन्द

रुपन्देही– टावरमा समस्या आएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थलनजिक चट्याङ परेका कारण टावरमा समस्या आएको हो । शुक्रबार वर्षा र हावासँगै विमानस्थलनजिकै चट्याङ परेको थियो । टावरमा समस्या देखिएपछि अपराह्नदेखि विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार करिब चार बजे परेको चट्याङ्गका कारण टावरमा धुँवा […]

सम्बन्धित सामग्री

गौतम बुद्ध विमानस्थल नियमित सञ्चालनको माग गर्दै ज्ञापनपत्र

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जाल रुपन्देहीले प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । यसअघि नै विमानस्थल नियमित सञ्चालनका लागि आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेको सञ्जालका पदाधिकारीले...

गौतम बुद्ध विमानस्थल सञ्चालनबारे भारतसँग छलफल

काठमाडौं, जेठ ११। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा देखिएका प्राविधिक समस्या समाधान गर्न पहल सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा हवाई उद्योग महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेको नेतृत्वमा भारत पुगेको प्राविधिक टोलीले बुधबार भारतीय नागरिक उड्डयन प्राधिकरणसँग विमानस्थल सञ्चालनमा देखिएका प्राविधिक समस्याबारे छलफल गरेको छ। प्राविधिक टोलीले गत वर्ष जेठ […]

एउटा मात्र अन्तर्राष्ट्रिय विमान सेवाले धानेको गौतम बुद्ध विमानस्थल

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको डेढ महिना बितिसक्दा पनि जम्मा एउटा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीले मात्र उडान सेवा सञ्चालन गर्दै आएको छ । पूर्व तयारी र योजनाविहीन ढंगले अघि बढ्दा यो विमानस्थलमा जजिरा एयरलाइन्सबाहेक अरु कुनै पनि विमान सेवाले अहिलेसम्म व्यावसायिक उडान सुरु गर्न सकेका छैनन् ।२०७९ जेठ २ गते (बुद्ध पूर्णिमा) देखि यो विमानस्थलमा व्यावसायिक उडान सुरु भएको थियो । तर, अहिलेसम्म एउटा एयरलाइन्सले मात्र सेवा सुरु गरेका कारण विमानस्थलको व्यवस

कस्तो छ गौतम बुद्ध विमानस्थल ?

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना हो । हाल भैरहवा विमानस्थलका रूपमा आन्तरिक उडान सेवा मात्र प्रदान गरिरहेको यो विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्न सन् २०१२ देखि पहल सुरु गरिएको हो । सन् २०१४ जनवरीदेखि निर्माण सुरु भएको विमानस्थल सन् २०१७ डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर भूकम्प, ठेकेदारले भनेअनुसार काम गर्न नसक्नुजस्ता कारणले निर्माण अवधि पूरा गर्ने समयसम्म यसको एक चौथाइ भौतिक प्रगति पनि हुन सकेन । त्यसपछि आयोजनाको मुख्य वित्तीय सहयोगी एसियाली विकास बैङ्क (एडीबी)...

चट्याङ परेपछि गौतम बुद्ध विमानस्थल बन्द

गौतम बुद्ध विमानस्थल बन्द भएको छ । शुक्रबार परेको वर्षा, हावा र विमानस्थल नजिकै परेको चट्याङका कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द गरिएको हो । विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालका अनुसार दिउँसो ४ बजे टावर नजिकै परेको चट्याङले टावरमा धुवाँ उडेको थियो ।

चट्याङ परेपछि गौतम बुद्ध विमानस्थल बन्द

गौतम बुद्ध विमानस्थल बन्द भएको छ । शुक्रबार परेको वर्षा, हावा र विमानस्थल नजिकै परेको चट्याङका कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द गरिएको हो । विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालका अनुसार दिउँसो ४ बजे टावर नजिकै परेको चट्याङले टावरमा धुवाँ उडेको थियो ।

वैशाखमा गौतम बुद्ध विमानस्थल सञ्चालन हुन्छ : मन्त्री आले

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री प्रेम आलेले आगामी बुद्ध जयन्ती (वैशाख)मा नै भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने  दाबी गरेका छन्। विमानस्थलको निरीक्षणका क्रममा शनिबार भैरहवा पुगेका मन्त्री आलेले नागरिक उड्डयन प्राधिकरणका अधिकारी र मन्त्रालयका कर्मचारीलाई निर्देशन दिंदै यस्तो बताएका हुन्। ‘अब विमानस्थल सञ्चालनमा कुनै बिलम्ब हुनुहुँदैन, बुद्ध जयन्ती अगाडि विमानस्थल सञ्चालनमा ल्याइने छौँ’, उनले भने।निर्माण सुरु भएको सात वर्षम

गौतम बुद्ध विमानस्थल सञ्चालनमा आउने आशा पलायो, परीक्षण उडानको तयारी

बुटवल– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतम बुद्ध विमानस्थल सात वर्षपछि सञ्चालनमा आउने आशा पलाएको छ। माघ ०७१ मा शिलान्यास भएर ०७४ पुसभित्र सम्पन्न भइसक्नुपर्ने विमानस्थल सात वर्षमा मात्रै निर्माण सम्पन्न हुन लागेको हो। लुम्बिनी प्रदेशको पर्यटनको मुख्य आधार मानिएको यो विमानस्थलमा एक महिनाभित्रै परीक्षण उडान गर्ने तयारी गरिएको छ। विमानस्थलको पूर्वाधार निर्माणको काम सकिए […]

गौतम बुद्ध विमानस्थल कहिले सञ्चालन होला ?

नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा उडान र यात्रुको चाप बढ्दै गएपछि यसको विकल्प खोजेको निकै भयो । सरकार निजगढ विमानस्थल निर्माणको सपना बाँडिरहेको छ तर निर्माणको अन्तिम चरणमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम चाँडै सम्पन्न गरेर त्यसको सञ्चालनमा भने चासो देखाइरहेको छैन । सरकारकाले दाबीअनुसार त यतिबेला यो विमानस्थल पूर्ण सञ्चालनमा आइसक्नुपर्ने थियो । निर्माणको गति हेर्दा त्यो सम्भव पनि देखिएको थियो । तर, विमानस्थल निर्माण कार्य छिटो सक्न र उडान शुरू गर्न सरकार तातेको देखिँदैन । कोराना भाइरसको महामारीले यो विमानस्थल निर्माण प्रभावित हुनु सामान्य हो । केही काममा असर परेको पनि छ । त्यसले निर्माण सम्पन्न हुने अवधि धकेलिएको छ । तर, निर्माण सम्पन्न भएमा विमान स्थलको उपयोग कसरी गर्ने तथा सञ्चालनको मोडल के हुने भन्ने गृहकार्य गर्न ढिला भइसकेको छ । यसमा सरकारले देखाएको उदासीनताको परिणति विमानस्थल सञ्चालन केही वर्ष धकेलिन सक्छ । खसमा यतिबेला यहाँ परीक्षण उडान भइसक्नुपर्ने हो तर हुन सकेको छैन । सन् २०१५ बाट निर्माणको तयारी भएको उक्त विमानस्थलमा परीक्षण उडानको टुंगो नलाग्दा विमानस्थल सञ्चालनमा अन्योल भएकोे छ । विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायत क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्नु आवश्यक हुन्छ । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नुपर्ने हुन्छ । तर, यी काममा सरकारको तयारी देखिएको छैन । २०२० को शुरुआती चरणमा नै नियमित उडान सञ्चालनको तयारी भएको यस विमानस्थलको केही प्राविधिक कामबाहेक सम्पूर्ण भौतिक संरचना निर्माण सकिएको छ ।  परीक्षण उडानका लागि यसअघि भएका सम्पूर्ण प्रक्रिया रोकिँदा परीक्षण उडान हुन नसकेको बताइन्छ । परीक्षण उडानका लागि आवश्यक पर्ने विशेष विमान ल्याउने सम्झौता भएको छ । तर, त्यसअनुसार विमान आउन सकेको छैन । अन्य देशबाट परीक्षण उडानका लागि आवश्यक पर्ने विमान ल्याउने तयारी भएको बताइए पनि ठोस परिणाम देखिएको छैन । पटक÷पटक उद्घाटनको मिति तोकिए पनि हालसम्म परीक्षण उडान हुन सकेको छैन । अर्बौं लगानीमा भएको विमानस्थल परीक्षण उडान छिटो गरी सञ्चालनमा ल्याए आपत्कालीन अवस्थामा यसको प्रयोग गर्न मिल्छ । कोरोनाका कारण विश्वभरिकै वायु सेवा प्रभावित भएकाले यहाँबाट तत्कालै नियमित उडानको सम्भावना देखिँदैन । तैपनि आपत्कालीन अवस्थामा यसको प्रयोग हुन सक्छ । आगामी आवका लागि बिस्तारै योजना बनाउन पनि परीक्षण उडान गरी यसलाई सञ्चालनमा ल्याउन ढिला गर्नु हुँदैन । रमेश अधिकारी हात्तीगौडा, काठमाडौं ।

गौतम बुद्ध विमानस्थल : छैठौँपल्ट म्याद थप्ने तयारी

भैरहवामा निर्माणधीन गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु भएको ६ वर्ष भएको छ । तीन वर्षमा सक्ने गरी सुरु भएको विमानस्थल निर्माण कार्य ६ वर्ष बित्दा पनि सकिएको छैन