गौतम बुद्ध विमानस्थल सञ्चालनमा आउने आशा पलायो, परीक्षण उडानको तयारी

बुटवल– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतम बुद्ध विमानस्थल सात वर्षपछि सञ्चालनमा आउने आशा पलाएको छ। माघ ०७१ मा शिलान्यास भएर ०७४ पुसभित्र सम्पन्न भइसक्नुपर्ने विमानस्थल सात वर्षमा मात्रै निर्माण सम्पन्न हुन लागेको हो। लुम्बिनी प्रदेशको पर्यटनको मुख्य आधार मानिएको यो विमानस्थलमा एक महिनाभित्रै परीक्षण उडान गर्ने तयारी गरिएको छ। विमानस्थलको पूर्वाधार निर्माणको काम सकिए […]

सम्बन्धित सामग्री

वैशाखमा गौतम बुद्ध विमानस्थल सञ्चालन हुन्छ : मन्त्री आले

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री प्रेम आलेले आगामी बुद्ध जयन्ती (वैशाख)मा नै भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने  दाबी गरेका छन्। विमानस्थलको निरीक्षणका क्रममा शनिबार भैरहवा पुगेका मन्त्री आलेले नागरिक उड्डयन प्राधिकरणका अधिकारी र मन्त्रालयका कर्मचारीलाई निर्देशन दिंदै यस्तो बताएका हुन्। ‘अब विमानस्थल सञ्चालनमा कुनै बिलम्ब हुनुहुँदैन, बुद्ध जयन्ती अगाडि विमानस्थल सञ्चालनमा ल्याइने छौँ’, उनले भने।निर्माण सुरु भएको सात वर्षम

बुद्ध जयन्तीमा गौतम बुद्ध विमानस्थल सञ्चालन हुन्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री प्रेम आलेले आगामी बुद्ध जयन्तीअघि नै भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने बताउनुभएको छ । विमानस्थलको निरीक्षणका क्रममा शनिबार भैरहवा आउनुभएका मन्त्री आलेले नागरिक उड्डयन प्राधिकरणका अधिकारी र मन्त्रालयका कर्मचारीलाई निर्देशन दिंदै यस्तो बताउनुभएको हो।‘अब विमानस्थल सञ्चालनमा कुनै बिलम्ब हुनुहुँदैन, बुद्ध जयन्ती अगाडि विमानस्थल सञ्चालनमा ल्याइने छौँ’, उहाँले भन्नुभयो ।

गौतम बुद्ध विमानस्थल कहिले सञ्चालन होला ?

नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा उडान र यात्रुको चाप बढ्दै गएपछि यसको विकल्प खोजेको निकै भयो । सरकार निजगढ विमानस्थल निर्माणको सपना बाँडिरहेको छ तर निर्माणको अन्तिम चरणमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम चाँडै सम्पन्न गरेर त्यसको सञ्चालनमा भने चासो देखाइरहेको छैन । सरकारकाले दाबीअनुसार त यतिबेला यो विमानस्थल पूर्ण सञ्चालनमा आइसक्नुपर्ने थियो । निर्माणको गति हेर्दा त्यो सम्भव पनि देखिएको थियो । तर, विमानस्थल निर्माण कार्य छिटो सक्न र उडान शुरू गर्न सरकार तातेको देखिँदैन । कोराना भाइरसको महामारीले यो विमानस्थल निर्माण प्रभावित हुनु सामान्य हो । केही काममा असर परेको पनि छ । त्यसले निर्माण सम्पन्न हुने अवधि धकेलिएको छ । तर, निर्माण सम्पन्न भएमा विमान स्थलको उपयोग कसरी गर्ने तथा सञ्चालनको मोडल के हुने भन्ने गृहकार्य गर्न ढिला भइसकेको छ । यसमा सरकारले देखाएको उदासीनताको परिणति विमानस्थल सञ्चालन केही वर्ष धकेलिन सक्छ । खसमा यतिबेला यहाँ परीक्षण उडान भइसक्नुपर्ने हो तर हुन सकेको छैन । सन् २०१५ बाट निर्माणको तयारी भएको उक्त विमानस्थलमा परीक्षण उडानको टुंगो नलाग्दा विमानस्थल सञ्चालनमा अन्योल भएकोे छ । विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायत क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्नु आवश्यक हुन्छ । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नुपर्ने हुन्छ । तर, यी काममा सरकारको तयारी देखिएको छैन । २०२० को शुरुआती चरणमा नै नियमित उडान सञ्चालनको तयारी भएको यस विमानस्थलको केही प्राविधिक कामबाहेक सम्पूर्ण भौतिक संरचना निर्माण सकिएको छ ।  परीक्षण उडानका लागि यसअघि भएका सम्पूर्ण प्रक्रिया रोकिँदा परीक्षण उडान हुन नसकेको बताइन्छ । परीक्षण उडानका लागि आवश्यक पर्ने विशेष विमान ल्याउने सम्झौता भएको छ । तर, त्यसअनुसार विमान आउन सकेको छैन । अन्य देशबाट परीक्षण उडानका लागि आवश्यक पर्ने विमान ल्याउने तयारी भएको बताइए पनि ठोस परिणाम देखिएको छैन । पटक÷पटक उद्घाटनको मिति तोकिए पनि हालसम्म परीक्षण उडान हुन सकेको छैन । अर्बौं लगानीमा भएको विमानस्थल परीक्षण उडान छिटो गरी सञ्चालनमा ल्याए आपत्कालीन अवस्थामा यसको प्रयोग गर्न मिल्छ । कोरोनाका कारण विश्वभरिकै वायु सेवा प्रभावित भएकाले यहाँबाट तत्कालै नियमित उडानको सम्भावना देखिँदैन । तैपनि आपत्कालीन अवस्थामा यसको प्रयोग हुन सक्छ । आगामी आवका लागि बिस्तारै योजना बनाउन पनि परीक्षण उडान गरी यसलाई सञ्चालनमा ल्याउन ढिला गर्नु हुँदैन । रमेश अधिकारी हात्तीगौडा, काठमाडौं ।