काठमाडौं : संघीय संसदका दुवै सदनको अधिवेशन आज आरम्भ हुँदैछ। गत मंसिर ४ गते प्रतिनिधिसभा निर्वाचन भएपछि सोमबार पहिलो अधिवेशन शुरु हुन लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानअनुसार सोमबार दिउँसो १ बजे दुवै सदनको बैठक आरम्भ हुनेछ। पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले गर्नेछन्।अधिवेशनको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। बैठकका अन्य कार्यसूची यसअघि नै टुङ्गो लागिसकको छ। बैठक यसअघिकै प्रतिनिधि सभाको नियमावलीअनुसार सञ्चालन हुने